विर्यदाता कम्युनिस्ट पार्टीप्रति बफादार हुनुपर्ने



बेइजिङ, (एजेन्सी)
चीनको राजधानी बेइजिङस्थित एउटा विर्य बैंकले आफ्ना सम्पूर्ण विर्यदातालाई कम्युनिस्ट पार्टीप्रति पूरा बफादार रहन आह्वान गरेका छन्। पेकिङ युनिभर्सिटी थर्ड हस्पिटलले हालै आफ्नो विच्याट वेभमा विर्यदाताले राष्ट्रको समाजवाद मन परानुपर्ने कुरा उल्लेख गरेको थियो।
यसैबीच उक्त वेभमा चिसित्सकीय परीक्षणबाट स्वस्थ प्रमाणित भएका तथा गुणस्तरीय विर्य भएका प्रत्येक पुरुषलाई ८ सय ७२ अमेरिकी डलर प्रदान गरिने पनि जनाएको छ।

शुक्रबार मात्र सामाजिक सञ्जालबाट हटाइएको सो विज्ञप्तिमा विर्य दिनका लागि आवेदन दिने व्यक्ति २० देखि ४५ वर्ष उमेरका पुरुषमा कुनै पनि आनुवंशिक वा संक्रामक रोग तथा तिनीहरू अधिक वजन, केश झर्ने र रंग अन्धापना जस्ता कुनै पनि समस्याबाट पीडित हुन नहुने उल्लेख गरिएको थियो।
साथै विर्यदाताहरू राजनीतिक समस्याबाट मुक्त, प्रचलित नियम कानुन मान्ने तथा कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वप्रति बफादार हुनुपर्ने बताइएको छ। तर, अस्पतालले तिनीहरूको राजनीतिक बफादारिता कसरी यकिन गर्ने भन्नेबारे स्पष्ट पारिएको छैन।

प्रतिक्रिया दिनुहोस्