हकी खेलाडी चढेको बस दुर्घटना



लन्डन, (एजेन्सी)
क्यानडामा जुनियर आइस हकी टोलीको बस दुर्घटनाग्रस्त हुँदा १४ व्यक्तिको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेका छन्।

शुक्रबार साँझ सस्केचवन प्रान्तस्थित टिस्डेलको उत्तरी हाइवे ३५ मा सो बस लरीसँग जुधेको थियो। उक्त बसमा जुनियर आइस हकीको हम्बाल्ट ब्रान्कोस टोलीका खेलाडीले यात्रा गरेका थिए। रोयल क्यानेडियन माउन्टेड प्रहरीले बतायो कि बसमा २८ यात्री थिए। जसमा चालकसमेत १४ व्यक्तिको मृत्यु भए भने बाँकी १४ व्यक्तिको अस्पतालमा उपचारार्थ छन्। जसमा तीनको स्थिति गम्भीर रहेको पनि प्रहरीले जनाएका छन्।

क्यानडाको स्थानीय समयअनुसार दुर्घटना साँझ ५ बजे भएको थियो। हम्बाल्ट ब्रान्कोस टोली सस्केचवन जुनियर हकी लिगमा खेलेको छ। यसका खेलाडी निपाविन हाक्सविरुद्ध १ खेल खेल्न त्यहँँ गइरहँदा बस दुर्घटना भएको थियो। टोलीका खेलाडीको उमेर १६ देखि २१ वर्षको बीचमा रहेको पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्