रग्बी विश्वकप ट्रफी नेपाल ल्याइने



काठमाडौं, (नेस)
सन् २०१९ मा जापानमा हुने रग्बी विश्वकपको ट्रफी नेपालमा ल्याइने भएको छ। नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले रग्बी विश्वकप जापानको आयोजक कमिटीका सीईओ अकिरा सिमाजुसँग विश्वकप ट्रफी नेपालमा ल्याइनेबारे छलफल सम्पन्न भएको थियो। रग्बी विश्वकपको ट्रफी दक्षिण एसियाको भारत, पाकिस्तान र नेपाललगायत २० राष्ट्रमा पुग्नेछ। नेपाल विश्वकपको ट्रफी सन् २०१८ को डिसेम्बरमा आइपुग्नेछ। आगामी रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्