धुलो हटाउन ठूला गफ मात्र किन ?



काठमाडौंबासी धुलो र धुवाँबाट दिक्क छन्। हरेक नयाँ सरकार गठन भएपछि नागरिकहरूमा नयाँ आशाको सञ्चार हुन्छ। अबचाहिँ सरकारले ढुक्क भएर हिँडने वातावरण निर्माण गर्ला। व्याप्त धुँवा र धुलो हटाएला। नागरिकहरूको आशा र सरकारको काम गराइका पारा धरहराले नियाल्दै आएको छ। सरकार गठन हुँदा यति ठूलो आवश्वास र भाषण छाँट््छ कि मानौ भोलि नै कायापलट हुँदै छ। सरकार गठन भएको दिन बित्छ। हप्ता बित्छ। महिना बित्छ। त्यति मात्र होइन वर्ष नै वित्छ। वर्ष मात्र होयन वर्षौवर्ष बित्छ। तर उपत्यकाको धुलो र धुँवा हटन सकेको छैन।

आश्वासन र भाषणलाई नै आधार मान्ने हो भने अहिलेसम्म नेताहरूले भन्ने गरेको स्विजरल्यान्ड बन्ने थियो। काठमाडौंमा अत्याधिक रुपमा धुलो बढ्दा नागरिकहरू माक्र्स लगाएर हिँडन बाध्य छन्। निर्दोष भएर पनि धुलोका कारण नागरिकहरु अपराधीझैं माक्स लगाएर हिँडनुपरेको दृष्य देख्दा धरहरालाई दिक्क लाग्छ। धरहरा यसो विचार गर्छ साच्चिकै काम गर्ने हो भने त जाबो काठमाडौंको धुलो केही दिनमा नै सखाप हुन्छ। यहँँ त काम गर्नका लागि होइन काम नगर्नका लागि बहाना बढी बन्ने गरेको छ।

काठमाडौं उपत्यकाको धुलो हटाउनका लागि कसले छेकेको छ ? सरकार जनताप्रति उतरदायी बन्ने कि ? खालि गफै छाँटेर हिँड्ने हो ? सरकारले चाहने हो भने काठमाडौंको धुँवा धुलो १ महिनाभित्र पूर्णरुपमा नियन्त्रण गर्न सक्छ। तर यसका लागि इच्छाशक्तिको मात्र खाँचो छ। स्रोत र साधन भएर पनि धुलो हटाउन जँँगर नगर्नु यो भन्दा निकम्मापन अरू के हुन्छ सरकार ?

प्रतिक्रिया दिनुहोस्