प्रधानमन्त्रीद्वारा भारतीय लगानीकर्तालाई लगानी गर्न आग्रह



g]kfn–ef/tsf pBdLdfem k|wfdGqL g]kfn–ef/t Jofkfl/s d~rn] z’qmaf/ cfof]hgf u/]sf] sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ M /d]z nD;fn, /f;;

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्नका निम्ति भारतीय उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ। भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले शुक्रबार नयाँदिल्लीमा इन्डिया–नेपाल विजनेस फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो।

कार्यक्रममा नेपालमा करको दर न्यून रहेको, केही औद्योगिक क्षेत्रमा कर छुटको व्यवस्था रहेको उल्लेख गर्दै निर्यातजन्य उद्योगका लागि निश्चित वस्तु आयातमा भन्सार र शुल्क मिनाहा, नाफा विदेश लैजान सहज रहेकाले नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो।

भारतीय लगानीकर्ताले संसारभर लगानीका लागि गएको भन्दै उहाँले नेपालमा पनि खुला हृदयका साथ आउन आग्रह गर्नुभयो। नेपालमा उद्योग स्थापना लागि विशेष आर्थिक क्षेत्र स्थापना गरेको, उद्योग, व्यवसायमैत्री औद्योगिक नीति ल्याएको, श्रम समस्या नरहेको, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम गरेको भन्दै सबै प्रकारको लगानीलाई स्वागत गर्न आफ्नो नेतृत्वका सरकार तयार रहेको जानकारी दिनुभयो। नेपालको सस्तो श्रमशक्ति लगानीकर्ताका लागि अर्को फाइदाजनक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, जडीबुटीलगायतका क्षेत्र लगानीको महत्वपूर्ण अवसर रहेको भन्दै त्यस क्षेत्रमा लगानी गर्न जोड दिनुभएको छ।

स्वदेशी तथा विदेशी लगानीकर्ताबीच विभेद नगरेको, समान सुविधा दिएको, वीरगन्जमा एकीकृत जाँचचौकी स्थापना गरी सहज भन्सार सुविधा दिन थालिएको र त्यस्तो चौकी अन्य तीन स्थानमा पनि स्थापना हुने क्रममा रहेको भन्दै प्रधानमन्त्रीको अध्यक्षतामा गठन भएको अधिकार सम्पन्न लगानी बोर्डमार्फत् एकद्वार प्रणालीबाट ठूला लगानीकर्तालाई सहजीकरण गरिएको उहाँले बताउनुभयो। नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताउनुभयो।

नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको हुँदा नेपाललाई विकासोन्मुख देशमा लैजान आफू प्रयत्नशील रहेको प्रधानमन्त्रीको भनाइ थियो। लगानी बोर्डले विभिन्न ठूला परियोजनालाई अगाडि बढाइरहेको उल्लेख गर्दै उहाँले नेपालमा भारतीय उद्योगी तथा व्यवसायीको लगानी पनि सुरक्षित हुने अवस्था रहेको दाबी गर्नुभयो। नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता गरिएको, ढल्केबर मुजफ्फपुर अन्तर्देशीय प्रसारणलाइन सञ्चालनमा रहेको, अर्को प्रसारणलाइन निर्माणको प्रारम्भ भएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा लगानीको महत्वपूर्ण अवसर रहेको हुँदा भारतीय उद्योगी व्यवसायीलाई आग्रह गर्नुभयो।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव माधव बेल्वासेले, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, हिन्दुस्तान पावरका रतुल पुरी, पीटीसी इन्डियाका अध्यक्ष दीपक अमिताभलगायतले नेपाल र भारतबीचको व्यावसायिक आयाम बारे प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्