तल्लो तहबाट उठेर अर्बपति



काठमाडौं, (नेस)
न्यूयोर्क शहरमा २१ जुन १९७४ मा जन्मिएका पेरी चेन एक अमेरिकी कलाकार तथा व्यवसायी हुन्। चेन अनलाइन फन्डिङ प्लेटफर्म किक स्टार्टरको संस्थापकका रूपमा दुनियाँमा परिचित छन्। किक स्टार्टर सन् २००९ मा स्थापना भएको हो।

एक रिपोर्टका अनुसार किक स्टार्टर प्लेटफर्म तीन लाख क्रियटिभ प्रोजेक्टमा लगानीका लागि सहायता गरिसकेको छ।

पेरी चेनको प्रारम्भिक जीवनकालमा सधैं पैसाको अभाव खड्कि रह्यो। जीवन गुजारा गर्नकै लागि उनले कुनै समय घरघरमा गएर वस्तु बेच्ने काम, होटलमा वेटर, डिस्को ज्याकी, इलेक्ट्रोनिक म्युजिसियन र मन्टेश्वरी स्कुलमा शिक्षक भएर पनि काम गरे। उनले कुनै पनि कामलाई सानो या यो ठूलो भनेर कहिल्यै मानेनन्।

‘सक्सेस स्टोरी डटकम’ का अनुसार पेरी चेनले आफ्नो जीवनकालका केही वर्ष एक आर्ट ग्यालरीमा समेत बिताए। आर्ट ग्यालरीमा विभिन्न व्यक्तिका कलाको प्रदर्शनी गर्ने तथा आफ्नै कलाको समेत प्रदर्शनी गराए। पेन चेरी एक नामी कलाकारसमेत हुन्। उनले आफ्नो कलाका देश विदेशका विभिन्न स्थानमा प्रदर्शनी गरिसकेका छन्। किक स्टार्टर कम्पनी खोल्नुअघि चेरी कला क्ष्ँेत्रमा स्थापित भइसकेका थिए भने संगीत क्ष्ँेत्रमा पनि उनको उत्तिकै पकड थियो।

जीवन गुजारा गर्नकै लागि उनले कुनै समय घरघरमा गएर वस्तु बेच्ने काम, होटलमा वेटर, डिस्को ज्याकी, इलेक्ट्रोनिक म्युजिसियन र मन्टेश्वरी स्कुलमा शिक्षक भएर पनि काम गरे।

 

२१औं शताब्दीमा सूचना र प्रविधिका क्षेत्रमा विभिन्न जसले नयाँ अवधारणा ल्याएका छन् ती व्यक्तिले बढी सफलता पाएका छन्। चेनले पनि वस्तुको बजारीकरण र क्राउड फन्डिङको नयाँ अवधारणा विश्वभर नै पहिलोपटक परिचित गराएपछि सफलताको शिखर चुमेका हुन्।
नयाँ विचार र अवधारणा भएकाले किक स्टार्टर छोटो समय अवधिमा नै चर्चित र सफल बन्यो।

उनले सन् १९९८ मा टुलान विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकको उपाधि प्राप्त गरेपछि आफ्ना २ जना साथीहरू यान्से स्ट्राइकलर र चाल्र्स एडुलरसँग मिलेर विभिन्न कम्पनीका वस्तु तथा सेवालाई जनमानसमा पुर्याउने उद्देश्यले ‘प्रोडक्ट लन्च प्लेटफर्म’ का रूपमा किक स्टार्टर शुरू गरे। जसको मुल उद्देश्य लगानीका क्षेत्रमा नयाँ अवधारणा तथा प्रतिवेदनहरू तयार पार्ने, विभिन्न व्यक्ति तथा संस्थाबाट लगानी जुटाउने र उत्पादित वस्तु र सेवाको बजारी गर्ने रहेको थियो।

चेनको यही सोच र पहलका कारण अहिले विश्वका कुनै पनि व्यक्तिले कुनै पनि आयोजनामा लगानी गर्ने तथा आफ्नो कम्पनीका लागि विश्वभरबाट लगानी जुटाउने काम सम्भव भएको छ। चेनको पारिवारिक पृष्ठभूमि व्यापारिक थिएन।

यिनका बुबा शिक्षक र आमा सामाजिक अभियन्ता थिइन्। व्यापारिक पृष्ठभूमि नभए पनि उनको सोच र सफलतालाई पछिल्लो पुस्ताले आफ्नो उत्पे्ररणाको स्रोत मान्दै आएको छ। एक सामान्य परिवार र औसत आर्थिक स्थिति भएको परिवारमा हुर्केका व्यक्तिले कसरी विश्व व्यापारमा आफ्नो सोचलाई मूर्त रूप दिए भन्ने कुराले नयाँ युवा पिँढीलाई सकारात्मक सोचको ऊर्जा थपेको छ।

त्यसो त किक स्टार्टर कम्पनीको काम गर्ने दायरा असीमितजस्तै छ। उक्त कम्पनीमा लेखक, कलाकार, इन्जिनियर, बैंकर, व्यापारी, क्रियटिभ राइटर, अर्थशास्त्री, कवि, खेलाडी, चिकित्सक, सूचना प्रविधिका क्षेत्रमा काम गर्ने प्राविधिकलगायत पेशा गर्ने व्यक्तिहरू आबद्ध छन्।

भिन्न आयोजनाका लागि फरक प्रकृतिको सोच, विचार भएका व्यक्ति एकै कम्पनीमा बसेर काम गर्ने भएकाले किक स्टार्टर आफंैमा थिंक ट्यांकका रूपमा रहेको छ।

व्यापार, निर्माण क्षेत्र, सञ्चार, प्रविधि, कला, साहित्य, नृत्य, फेसन, डिजाइन, फिल्म र भिडियो, खेल, संगीत, फोटोग्राफी, प्रशासन, खाना, थिएटरसहित १३ वटा विधा र ३६ वटा उपविधामा किक स्टार्टरले काम गरिरहेको छ। ब्लुम्बर्ग इन्डेक्सका अनुसार अहिले उक्त कम्पनीको ब्रान्ड भ्यालु ५२ करोड अमेरिकी डलर बराबर हरेको छ।

किक स्टार्टर कम्पनी शुरू भएको ४ वर्षमा नै अर्थात् सन् २०१३ मा टाइम पत्रिकाले सार्वजनीक गरेको विश्वका शक्तिशाली व्यक्तिको सूचीमा चेनलाई सयजनाभित्र समेटेको थियो।

(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्