लमजुङको परिवेशको आयो नयाँ गीति एल्बम



नेपाल समाचारपत्र, लमजुङ ।
जिल्लाको समाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल हुनुभएका ज्ञानबहादुर नेपाली(जि. वी. नेपाली) अब कलाकारितामा पनि जन्मे भएका छन् । उनको प्रमुख अभिनय रहेको ‘गैरी गाउँको मेला’ गीति एल्बम सार्वजनिक भएसँगै सो खुलासा भएको हो ।

स्थानीय कला मौलिक संस्कृति र पहिचानलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि ‘गैरी गाउँको मेला २०७४’ गीति एल्बम तयार गरिएको सो लमजुङको सुन्दरबजार नगरपालिका निवासी प्रमुख अभिनयकर्ता ज्ञानबहादुर नेपालीले बताए । उनका अनुसार सो एल्बममा राष्ट्रिय अन्तराष्ट्रियस्तरमा चर्चित कलाकार रन्जित परियार र अमृता सिरपालको स्वर रहेको छ । चर्चित नृत्य निर्देशक शंकर वि.सी.ले सो एल्बममा निर्देशन गरेका छन् ।

लोकदोहरी गीतको उक्त एल्बममा गायक रन्जित परियार र गायिका अमृता सिरपालको छ भने लय सुमन परियार, म्युजिक रन्जित परियार, अभिनय कलाकारहरू शंकर वि.सी. ऐलिना देउजा, जि. वि. नेपाली, निशा पुरी आदि छन् । नविन घर्तीले मगर सम्पादन गरेको गीति एल्बमको क्यामरा म्यानमा दुर्गा पौडेल रहेको नेपालीले जानकारी दिए ।

गैरी गाउँको मेलाको अवसरान मायालुलाई भेटन आउदाको रमाइलो क्षणलाई दर्शाउदै गितको अन्तरामा ‘मलाई जस्तै भेट्न मन ला’होला, उन्लाई पनि आत्तुरी भा’होला’ केटाले र केटीले ‘केलगाम्खै मै राम्ररी देखिन भुइँमै खुट्टा छोड्याछ टेकिन ।’ गाएका मन छुने शब्दहरूले सजिएको छ उक्त गीति एल्बम, त्यसैले पनि सफल हुन्छ भन्ने विश्वास लागेको निर्देशक शंकर वि.सी.ले बताए ।

प्रतिक्रिया दिनुहोस्