जन्मदिनमा गुञ्जिन थाल्यो नेपालभाषाको गीत



सुनील महर्जन

लय्ता जि अति छगँ जन्म दिं थौं मनतंगु पँवेनमा भिंतुने बोलको नेपाल भाषाको गीत अहिले नेवार समुदायमा जन्मदिन मनाउँदा गुञ्जिने गीत बन्दै गएको छ।

गायक सुरजवीर बज्राचार्यको रचना र स्वर तथा जुगल डंगोलको संगीत यो गीतअघि ह्यापी बर्थ डे टु यु गाएर जन्मदिन मनाइन्थ्यो। अहिले आफ्नै भाषामा जन्मदिन गीत बनेपछि यसले प्राथमिकता पाएको छ। गीतले सगुन दिने क्षणको अनुभँतिमा सघनता थपेको अनुभँत गरिएको छ।
ललितपुर छाय्बहाल निवासी ३५ वर्षीय संगीता शाक्यले जीवनमा पहिलोपटक यस वर्ष नेवारी परम्परा अनुसार सगुण दिएर जन्मदिन मनाईन्। ‘गीतको बोल र भावले जन्मदिन मनाउन उद्वेलित गर्योु शाक्यले भनिन्। यो एउटा प्रतिनिधिमँलक उदाहरण हो।

नेवार समुदायमा जन्म दिन मनाउने मौलिक परम्परा छ। जन्मदिन नजिकिँदै गर्दा सबैभन्दा पहिलो उसको चिनो ज्योतिषीलाई देखाउने गरिन्छ। ज्योतिषले ग्रहदशा हेरेर दिएको सल्लाहअनुसार विभिन्न देवीदेवताको पुजाआजा गरेर ज्येष्ठ महिलाले सगुण दिने गर्र्दछन्।

सगुणपछि आँगनमा गएर दही च्युरा बाँड्ने परम्परा (जो अहिले हराईसकेको छ) रहेको छ। मंगल धुनमा गाइएको गीतमा यस्तै मौलिक परम्परासहित दिइने आशिवार्दको वर्णन गरिएको छ। यो गीत हराउँदै गएको यस्ता मौलिक परम्परा जर्गेनाको संवाहक बनेको समिक्षकहरू बताउँछन्।यस सन्र्दभमा यो गीतको कभर गायन प्रतियोगिता आयोजनासमेत गरिएको छ। नेपाल भाषाकोपत्रिका पेज थ्रीले चेज बँदिंया भिंतुना म्ये कासाको नाउँमा प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगिताको करिब सवा डेढ महिने अवधिमा १ सय २१ जनाले गीत गाएका थिए। तीमध्ये सर्वोकृष्ट हुने उत्तम महर्जनसहित ५ स्थान ओगट्ने प्रतियोगीलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरियो।

‘मेरो ७ दशकको साहित्य यात्राको सम्पँर्ण जोड मातृभाषाप्रति गौरव गर्दै आफ्नो भाषा बोलँँन् भन्ने हो। मैले अहिलेसम्म पनि गर्न नसकेको कार्य यो गीतले गरेको छ। यो गीत र प्रतियोगितालाई चमत्कारका रूपमा लिन्छु जनकवि दुर्गालाल श्रेष्ठले भने।

‘नेपाल भाषा बोल्न जान्ने पनि गाए, नजान्नले पनि गीत गाए, गैर नेवारले पनि गाए। यसले मातृभाषा सिक्न, बोल्न मात्र नभई प्रेम गर्न अप्रत्यक्ष रूपमा धेरैलाई प्रेरित गरेको मैले पाए उनले भने। गीतका रचनाकार एवं गायक बज्राचार्यले आफ्नी पत्नी रमा बज्राचार्यको जन्मदिन दिन लोकार्पण गर्नुले पनि यसले घरपरिवारका अरू सदस्य सरह बुहारीको जन्मदिन मनाउने सकारात्मक सन्देश दिएको गीतका पारखीहरू बताउँछन्।

‘नेपालभाषामा मात्र नभई संगीत क्षेत्रमा नै एउटा फरक अभ्यास रहयो ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानले भने ‘गीतले स्वर, संगीत भावको उत्कृष्टतासँगै सामाजिक, परम्परा जर्गेनाको सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्