देखाऊ परिवर्तन



सडकमा एकाधिकारको माग गर्दै केही दिनदेखि सार्वजनिक यातायात चलाउन रोकेर आन्दोलन र हड्तालमा उत्रिएका व्यवसायी सरकारको अडानमा गलेका छन्। आन्दोलनमा उत्रिएकाहरूको परमिट खारेज गर्ने नयाँ यातायात समितिलाई अस्थायी रुट परमिट दिने अडानपछि आन्दोलनमा उत्रिएकाहरू ‘ब्याक’ भएका छन्।

रुट पर्मिट लिन यातायात व्यवसायी समितिको सिफारिस लिनुपर्ने विगतको नियम तोड्न सरकारले अडान लिएपछि विगतको व्यवस्था खारेज भएको हो। अब कोटेश्वर पूर्वका यातायात व्यवसायीले आज बिहीबारदेखि नियमित सवारी सञ्चालन गर्ने भएका छन् भने कोटेश्वरपूर्वका गन्तव्यमा नयाँ सार्वजनिक यातायात पनि निर्धक्क गुड्ने भएका छन्।

अब नयाँ र पुराना सार्वजनिक यातायात सञ्चालकले भाडा घटाउने प्रतिस्पर्धातर्फ ध्यान दिने होइन। विद्यमान सेवा र यात्रुमैत्री व्यवहार परिवर्तन गरेर पनि त यात्रुको मन जित्न सकिन्छ। त्यसैले व्यवसायीले यो पक्षमा ध्यान दिएर आफ्नो एकाधिकार कायम गर्न सकिन्छ नि। धरहराको सानो सुझाव।

यात्रुमैत्री व्यवहारमा चालक र सह–चालकले प्रयोग गर्ने अनेकथरी अश्लिल र उत्ताउला शब्द, शब्दकोषभित्र समेत नभएका शब्द पर्छन् कि पर्दैनन्। अनि निकै वरिष्ठ पल्टिने यात्रुका एकलकाटे व्यवहार, चालक र सह–चालकसँग ट्राफिक प्रहरीको घटिया ‘बार्गेनिङ’ यही मौकामा स्मरण गर्न छुटाउनुहुन्न भन्ने धरहरालाई लाग्या छ।

प्रतिक्रिया दिनुहोस्