यामाहाको बाइक किन्दा दाहाललाई सय प्रतिशत क्यासब्याक



काठमाडौं, (नेस)
इनरुवाका विपिन दाहालको जीवनमा सोमबार पत्याउनै नसकिने घटना भयो। मोटरसाइकल किन्न गएका उनले एक पैसा नतिरिकनै आफूले चाहेको मोटरसाइकल पाए। ढल्केबारस्थित एनएमबी माइक्रोफाइनान्समा काम गर्ने उनी घरायसी कामको सिलसिलामा शनिबार इनरुवामा आए थिए। पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने निधो गरे।

‘यामाहाको मोटरसाइकल किन्ने निर्णय पहिले नै गरेको थिएँ। बारम्बार बिदा लिन अप्ठ्यारो हुने भएकाले मैले साथीभाईको सल्लाहमा घर आएकै बेला मोटरसाइकल किन्ने विचार गरेँ।’ उनी भन्छन्–‘तर आज अचम्म भयो। मलाई त विश्वासै लागिरहेको छैन।’

इटहरीस्थित यामाहाको सोरुम तिरूपति अटो सिटीबाट यामाहा एफजीएस एफआई खरिद गरेका उनलाई नयाँ वर्षको योजना छ भन्ने थाहा भएको तर के पर्छ भन्ने थाहा थिएन। शोरुमबाट पाएको स्क्र्याच बुकको अन्तिम स्क्र्याचबाट उनी जिल्ल परे, त्यहाँ ‘१०० प्रतिशत क्यासब्याक’ लेखिएको थियो।

पहिलो स्क्र्याचमा पाँच हजार रुपियाँ डिस्काउन्ट पाएका उनले दोस्रोमा पफ्र्युम, तेस्रोमा कम र चौथोमा एयरफिल्टर उपहार स्वरूप पाए। पाँचौं तथा अन्तिम स्क्र्याचले उनको जीवनमा बहार नै ल्याइदियो।

मोटरसाइकल किन्न पूराका पूरा पैसा लिएका गएका उनले निःशुल्क मोटरसाइकल घर लान पाउने भए। उनले सोमबार नै गाउँघरमा खुशी बाँडिसकेका छन्। भन्छन्, ‘भोलि नै अफिस जान्छु र त्यहाँ पनि सबैलाई खुशीको खबर सुनाउँछु।’

यामाहाले चैतको पहिलो साता आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो। ‘आमन्त्रण’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनुहुनेछ। जसमा उहाँले पाँच हजार रुपियाँदेखि ५० हजार रुपियाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनुहुनेछ।

प्रतिक्रिया दिनुहोस्