रणवीर र दीपिकाको बिहे पक्का !



बलिउड नायक नायिका रणवीर सिंह र दीपिका पादुकोण लामो समयदेखि प्रेममा छन्। फ्यानहरू उनीहरूको विवाहको प्रतीक्षामा थिए, अब फ्यानहरूका लागि खुसीको खबर आएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार अब उनीहरू छिट्टै विवाह गर्दै छन्।करिब ५ वर्षदेखि प्रेममा रहेका उनीहरूको परिवार नै अब उनीहरूबीच छिट्टै विवाह होस् भन्ने चाहन्थे।

खबरअनुसार उनीहरूको परिवारबीच यसबारे कुराकानी भइसकेको छ र विवाहको दिन पनि तय भइसकेको छ। सम्भवतः उनीहरू सेप्टेम्बरदेखि डिसेम्बरबीचमा विवाह बन्धनमा बाँधिनेछन्। यसको तयारीका लागि दुवैको परिवार जुटेका छन्।

एक भारतीय अनलाइनले सूत्रलाई उद्धृत गर्दै दीपिका आफ्नी आमासँग विवाहको सपिङमा व्यस्त भएको जनाएको छ। उनीहरूको विवाह निजीरूपमा हुनेछ भने हिन्दु परम्पराअनुसार गरिनेछ। जसमा नजिकका साथी तथा आफन्तजन सरिक हुनेछन्।

यो खबरले रणवीर र दीपिकाका फ्यानहरू निकै उत्साहित भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। अब उनीहरू विवाहको तारिखको प्रतीक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्