जननी जन्मभूमि नेपाल



जननी जन्मभूमि नेपाल
विश्वलाई चिनाउने सर्वोच्च हिमाल
पिछडिएका नेपाली हो जाती धिमाल
नयाँ सरकारले सम्बोधन गरे होला कमाल

नेपाल आमाका सन्तानहरु
कहाँ कति पिडीत र दुःखि छन
खोजविन गर्न बाकी नै छ
यस तरफ ध्यान दिए राम्रो

दुःख लाग्दो कुरा यही छ
कति सरकार आए गए
जो जति आए पनि
आ–आफ्ना पेटभरि गए

अबको गठबन्धन सरकार
यसो हुँदैन होला पक्कै
किन कि सबै अनुभवी र
मोटाघाटा नै छन्

भोका नाङ्गा छैनन् कोही नेता
सबैको आर्थिक मेरुदण्ड सबलै
त्यसैले घुसखोरी र कमिसनतन्त्र चल्दैन की
नेपाली जनताहरुको चाहाना यही हो

अबको सरकार पक्कै पनि
जनताहरु भोकभोकै राखि
आफुहरुमात्र भागबण्डामा रमाई
बस्ने छैनहोला

राम महर्जन
कीर्तिपुर नगरपालिका – ९, नगाउं

प्रतिक्रिया दिनुहोस्