यौनवर्धक औषधि भियाग्राको प्रयोग कति खतराजनक छ ?



काठमाडौं । नेपाल, भारतजस्ता देशहरुमा यौनबारे खुलेर कुराकानी समेत हुँदैन तर भियाग्राजस्तै यौनवद्र्धक औषधिहरुको प्रयोग त एकदमै अव्यवस्थित, विना जाँच, डाक्टरसँग सरसल्लाह नै नगरी हुने गरेको छ ।

खास गरी युवाहरुले आफ्नो पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन मात्र नभई आफ्नो यौनसाथीको सामु शरम नहोस् भनेर भियाग्राको प्रयोग डाक्टरको सल्लाहविनै गर्ने गरेका छन् । यसो गर्नु स्वास्थ्यका लागि खतरा हुने विज्ञहरुको भनाइ छ ।

भियाग्राको प्रयोग कसका लागि ?

भियाग्रा केवल नपुंसकत्वको समस्या भएका पुरुषले गर्न सक्छन् । त्यस्तै धम्कीको समस्या भएकाले यसको प्रयोग गर्नु खतराजनक हुन्छ । यसको प्रयोग गर्दा डाक्टरको सल्लाह अनिवार्य लिनुपर्छ । अन्यथा यसको अनियन्त्रित प्रयोगले दीर्घकालीन स्वास्थ्य समस्या समेत निम्त्याउँछ ।

कस्तो समस्या आउँछ ?

यसले डर लाग्दो समस्या ल्याउनसक्छ । यसको अत्यधिक प्रयोगले मानिसलाई जीवनभर अन्धोपना हुनसक्छ भने यसको प्रयोगबाट इरेक्सन लामो समयसम्म रहनसक्छ । त्यसबाहेक टाउको दुख्ने, चक्कर चल्ने, आँखाको दृष्टि कमजोर हुने, गर्मी लाग्ने, नाक बन्द हुने जस्ता समस्या हुनसक्छ । त्यस्तै यसको अनियन्त्रित प्रयोगले श्वासप्रश्वासमा समेत समस्या निम्त्याउँछ ।

कसले प्रयोग नगर्ने ?

अझ एचआईभीको औषधि रिटोनविर लिइरहेको व्यक्तिले त यसको प्रयोग गर्नै हुँदैन । त्यस्तै मुटुरोगीहरुको लागि भियाग्राको प्रयोग झनै खतरापूर्ण हुन्छ । त्यस्तै ब्लड प्रेसर(उच्च रक्तचाप), सुगर (चिनी रोग) भएकाहरुले पनि भियाग्राको प्रयोग गर्नुहुँदैन । मिर्गौला रोगीहरुले पनि डाक्टरको सल्लाहअनुसार मात्रै लिनुपर्ने हुन्छ । नभए केही मिनेटको आनन्दको लागि जिन्दगी नै जोखिममा पर्न सक्छ । स्वास्थ्य विशेषज्ञहरुका अनुसार चिकित्सकको सल्लाहविना भियाग्रा लिनु निकै जोखिम मोल्नु हो ।

भियाग्राले के गर्छ ?

धेरै कुराहरुमा भियाग्राले काम गर्छ । यसले शरीरमा नाइट्रिक अक्साइडको मात्रा बढाइदिन्छ भने नशाहरुलाई पनि मोटो बनाउँछ । यो लिएपछि शरीरमा रक्तसञ्चार बढ्छ भने लिंग उत्तेजना बढाइदिन्छ ।

यसको प्रयोग कहिले र कसरी गर्ने ?

भियाग्राको प्रयोग खाना खाएपछि या नखाईकन पनि गर्न सकिन्छ । यदि आफ्नो पेट भरिने गरी खाना खाएको छ भने यसको असर देखिन केही समय लाग्छ । यौन क्रिया गर्नु एक घण्टा अघि भियाग्रा लिनु उचित हुन्छ भने अंगुर या अंगुरको जुससँग भियाग्रा कहिल्यै प्रयोग गर्नुहुँदैन किनकि यसरी लिँदा यसको असर एकदमै कम हुन्छ ।

असर धेरै भयो भने …के गर्ने ?

यदि भियाग्राको असर धेरै नै भयो भने डाक्टरको सल्लाह लिनुपर्छ । बेलायतमा केही पुरुषहरुले यसको धेरै असर हुँदा डाक्टरसँग सल्लाह लिने गरेका छन् । यसको प्रयोगपछि उनीहरुको लिंग उत्तेजना चार घण्टासम्म हुँदा उनीहरुलाई समस्या भएको थियो । तर यस्तो समस्या सबैलाई हुन्छ भन्ने हुँदैन । यदि यस्तो भएमा भने डाक्टरलाई तुरुन्त सम्पर्क गरिहाल्नुपर्छ ।
-बीबीसी हिन्दीबाट ।

प्रतिक्रिया दिनुहोस्