पीएसजी फ्रेन्च लिग च्याम्पियन



लन्डन, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार फ्रेन्च लिग कपको उपाधि जितेको छ। एडिन्सन कभानीको २ गोलको मद्दतमा मोनाकोलाई ३–० ले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो। योसँगै पीएसजी सर्वाधिक लिग कपको उपाधि जित्ने टोली बनेको छ। यो समेत पीएसजीले आठौंपटक उक्त उपाधि जितेको हो।

पीएसजीका लागि कभानीले खेलको आठौं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए। यस्तै एन्जल डी मारियाले खेलको २१औं मिनेटमा गोल गरेपछि पीएसजी पहिलो हाफसम्म २–० ले अग्रता लिन भएको थियो। यसैगरी खेलको ८५औं मिनेटमा कभानीले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीको जित सुनिश्चित बनेको हो।

प्रतिक्रिया दिनुहोस्