पञ्चकन्या ग्रुपद्वारा आफ्ना उत्पादनबारे जानकारी



नेपाल समाचापत्र
काठमाडौं
पञ्चकन्या ग्रुपले आफ्नो विभिन्न उद्योगद्वारा उत्पादित निर्माण सामग्रीको बारे जानकारी गराउने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ।

उक्त कार्यक्रममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्जल कुमार श्रेष्ठले उद्योगका उत्पादनबारेमा प्रस्तुति राख्नुभएको थियो भने निर्देशक उदिप श्रेष्ठले आफ्नो धारणा राख्नुभएको थियो। पञ्चकन्या गु्रपका सेल्स एण्ड मार्केटिङ म्यानेजर शम्भु कर्णले कम्पनीको लाइट गेज स्टिल स्टक्चरको (एलजीएस) विषयमा प्रस्तुति गर्नुभएको थियो।

त्यस्तै कम्पनीका सेल्स म्यानेजर हर्कबहादुर थापा मगरले एचडीईपी, पीभीसी, पीपीआर र सीपीभीसी पाइप विषयमा जानकारी दिनुभएको थियो। शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरी शर्मालगायतको उपस्थितिमा भएको उक्त कार्यक्रममा उद्योगले उत्पादन गरेको विभिन्न पाइप, प्लास्टिक, डन्डी, फिटिङ सामग्री र ती सामग्रीहरूको गुणस्तरीयताबारे छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्