भिन्तुना वसन्त उत्सव



भिन्तुना गुथीले भिन्तुना वसन्त उत्सव कार्यक्रम आयोजना गरी राजधानीको असनलाई संगीतमय बनाएको छ। स्थानीय १ सय ४ वर्षीय मोतीकृष्ण तुलाधरलाई सम्मान गर्दै सो उत्सव शुरू गरिएको हो। उत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुतीका साथै कविता वाचन र प्रहसन पनि प्रस्तुत गरिएको थियो। सांस्कृतिक प्रस्तुतीको क्रममा १ सय ५० वर्ष पुरानो दाफा भजनको साथै मृदंग भजन, ज्ञानमाला भजन, मोडर्न नेवाः इंग्लिस स्कुलका विद्यार्थीको नृत्य, ज्याज संगीतमा कत्थक डान्स देखाइएको थियो। साथै इमेज च्यानलको लोकप्रिय नेपालभाषाको कार्यक्रम समयबजीको प्रहसन, भीम तुलाधर, प्रवेशमान शाक्यलगायतका चर्चित गायकहरूले आफ्नो प्रस्तुती पस्केका थिए।

 

प्रतिक्रिया दिनुहोस्