कृ फिल्मका निर्माता चोरीको आरोपमा पक्राउ



 

काठमाडौ  । कृ फिल्मका निर्माता सुवास गिरीले संझना फिल्मको गित चोरेको आरोपमा पक्राउ परेका छन । २०४३ सालमा बनेको संझना फिल्ममा समावेश गित उकालीमा अघि अघि गित चोरी गरेको भन्दै उक्त फिल्मका निर्माता शंम्भु प्रधानले महानगरीय प्रहरी परिसर काठमाडौमा उजुरी दिएपछि प्रहरीले गिरीलाई पक्राउ गरेको छ ।
प्रधानले आफ्नो अनुमति बिना उक्त गित चोरी गरेको उजुरी गरेपछि गिरीलाई प्रतिलिपि अधिकार ऐन २०५९को दफा २५(१)(क) अनुसार कारवाही हुने परिसरले जनाएको छ ।
परिसरका अनुसार अभियोग प्रमाणित भएमा गिरीले निवेदक पक्षलाई २ लाख जरिवाना वा छ महिना सम्म कैद हुन सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्