क्यानको विशेष साधारणसभा बैशाख दोस्रो साता



काठमाडौँ । निलम्बीत नेपाल क्रिकेट संघको विशेष साधारणसभा वैशाख दोस्रो साता हुने भएको छ । क्यानले आइसिसीलाई विशेष साधारणसभा वैशाख दोस्रो साता गर्ने प्रस्ताव गरेको हो ।

निर्वाचित क्यानले गठन गरेको कार्यसम्पादन समितिले वैशाख १३ र १४ गते काठमाडौंमा विशेष साधारणसभा गर्ने निर्णय गरेको छ । क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट आएसीसीको निगरानीमा चलिरहेको छ । आइसिसीले निलम्बन फुकुवाको प्रक्रिया सुरु गर्न बनाएको सल्लाहकार समूहरूद्वारा प्रस्तावित संशोधित विधान पास गर्न भन्दै निर्वाचित समितिलाई मार्च महिनामा विशेष साधारणसभा बोलाउन निर्देशन दिएको थियो ।

यसअघि भदौ ६ गते भएको निर्वाचित क्यानको विशेष साधारणसभाले सल्लाहकार समूहबाट पारित नयाँ विधानका केही बुँदामा संशोधन गरेपछि मिल्न लागेको क्यान विवाद पुनः लम्बिएको थियो । त्यसपछि आइसिसीले मार्चसम्ममा विधान संशोधनका लागि साधारणसभा गर्न मार्चसम्मको समय दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्