स्मिथले कप्तानी छाडे



नयाँदिल्ली, (एजेन्सी)
बल टेम्परिङ (बलसँग छेडछाड गरेको) विवादमा फसेपछि स्टिभ स्मिथले इन्डियन प्रिमियर लिग (आईपीएल)को टोली राजस्थान रोयल्सको कप्तानीबाट राजीनामा दिएका छन्।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा अस्टे«लियाका कप्तान स्मिथले बल टेम्परिङ गरेको आरोप लागेको छ। २८ वर्षीय क्रिकेटरले योजनाबद्ध बल बिगारेको स्वीकार गरेपछि क्रिकेटको सर्वोच्च निकाय आईसीसीले उनलाई एक टेस्टका लागि प्रतिबन्ध गरिएको र खेलको फिसको १ सय प्रतिशत जरिवाना तिराएको छ। स्मिथले आईपीएलका लागि टोलीले तयारी गर्न सकोस् भनेर राजीनामा दिएको बताएका छन्। स्मिथको स्थानमा राजस्थान रोयल्सले भारतीय खेलाडी आजिन्क्य रहाणेलाई कप्तानीको भार दिने तय गरेको छ।

प्रतिक्रिया दिनुहोस्