काठमाडौ वल्र्ड स्कुलको स्थापना



काठमाडौं, (नेस)
काठमाडौ वल्र्ड स्कुल सञ्चालनमा आएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा करिब ५५ रोपनी जग्गामा फैलिएको यस स्कुल ३ लाख वर्गफिट बराबरको भौतिक संरचनाको हाल निर्माण कार्य भइरहेको छ।

पहिलो चरणको निर्माण कार्य लगभग सकिएको छ भने दोस्रो चरणको निर्माण कार्य आगामी एक वर्षमा सम्पन्न हुने स्कुलको योजना रहेको छ। सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरी करिब १ हजार २ सय विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्नेछन् भने ३८० जना छात्र, छात्राको आवास गृह तयार हुनेछ। स्वीमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दा बढी विभिन्न अतिरित क्रियाकलापहरू जस्तै नृत्य, संगीत, मार्सल आर्टस्, लङ टेनिस, नाटक, फाइन आर्ट, इन्डोर मन्टिपपोस कोर्ट, फुटसल, आदिको सुविधा रहेको छ। सेमिनार, विविध सांस्कृतिक कार्यक्रमका लागि दुईवटा हालको निर्माण भइसकेको छ भने करिब ६०० जना क्षमताको अडिटोरियम पनि दोस्रो चरणमा निर्माण हुनेछ।

स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका अलावा ‘ए’ लेभलको अध्यापन पनि गर्नेछ।तर, शैक्षिक सत्र २०७५ मा भने कक्षा १ देखि ५ सम्मको लागि मात्र भर्ना खुला गरिएको छ भने कक्षा ११ र ‘ए’ लेभलको कक्षाहरू शैक्षिकसत्र २०७६ बाट मात्र सुरू हुनेछ। काठमाडौ वल्र्ड स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेसनल प्राइमरी करिकुलम (आइपीसी) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स करिकुलम (आइएमवाइसी) माध्यामिक तहमा अपनाउने छ।

प्रतिक्रिया दिनुहोस्