राखीको नाम एडल्ट इन्डस्ट्रीमा !



बलिउड अभिनेतृ राखी सावन्त कहिल्यै पनि चर्चाबाहिर रहन्नन्। चाहे कुनै फिल्म खेलुन् या नखेलुन्, सधैं विवाद र चर्चाले घेरिरहेकी हुन्छिन्।

हालै उनी एडल्ट इन्डिस्ट्रीमा आफ्नो फोन नम्बर भाइरल गरिदिएको भन्दै पूर्वपोर्नस्टार सन्नी लियोनसँग रिसाएका कारण चर्चामा छिन्। एक बलिउड अनलाइनमा प्रकाशित खबरअनुसार राखीले सन्नी लियोनलाई आफ्नो फोन नम्बर एडल्ट इन्डिस्ट्रीमा काम गर्ने व्यक्तिहरूलाई शेयर गरिदिएको आरोप लगाएकी छिन्। उनका अनुसार केही दिनयता उनलाई एडल्ट फिल्म इन्डिस्ट्रीका मानिसहरूले लगातार फोन गरिरहेको र नम्बर कसले दियो भनेर सोद्धा सन्नीले दिएको भन्ने गरेको छन्। राखीका अनुसार यो सुनेर उनी निकै अचम्ममा परिन् कि एडल्ट फिल्म निर्माताहरू उनलाई एडल्ट फिल्म खेलेबापत राम्रो रकम दिन तयार थिए। उनीहरूले राखीको केही भिडियो र हेल्थ सर्टिफिकेट पनि मागेका थिए तर राखीले यी सबै अस्वीकार गरेको दाबी गरेकी छिन्।

‘बरु म मर्छु तर कहिल्यै पनि त्यो दुनियाँमा जान तयार छैन। म एक भारतीय युवती हुँ र मलाई मेरो मूल्य मान्यता थाहा छ। म दिलदेखि नै हिन्दुस्तानी हुँु।’ –राखीले भनेकी छिन्। यति मात्र होइन राखीले आफूलाई केही दिनअघि सन्नीले आफ्नो जुम्ल्याहा बच्चा भएपछि एक अपरिचित नम्बरबाट फोन गरेर के तिमी मसँग जलिरहेकी त छैनौं भनेर सोधेको र यसको जवाफमा म किन तिमीसँग जल्नु मैले इन्डस्ट्रीमा राम्रो काम गरिरहेको छु। मलाई मानिसहरूले परिवारका साथमा बसेर टेलिभिजनमा हेर्छन् म चाहन्छु कि पोर्न इन्डस्ट्रीका मानिसहरूमा मेरो नाम र नम्बर दुरुपयोग नहोस् भनेको उनले दाबी गरेकी छिन्।

प्रतिक्रिया दिनुहोस्