यस कारण काट्नु हुन्न गाई



कृष्णउदास खनाल
प्रदेश नम्बर ३ की उपसभामुख जस्तो गरिमामाय पदमा पुगेकी नेकपा माओवादी केन्द्रबाट नुवाकोटबाट प्रदेश सदस्यमा बिजयी राधिका तामांगले अघिल्लो हप्ता गाई काटेर खाने कानुन बनाउनु पर्ने सहितको बिज्ञप्ती नै सार्वजनिक गरिन् । उनको यो भनाइपछि सामाजिक संजालमा दुईखाने बहस भइरहेको छ । एकथरीले उनको खरो आलोचना गरेका छन् भने अर्काथरीले उनको बचाउ गरेको देखिन्छ ।

वास्तवमा गाईको बिषयमा नेपाली जनतालाई भनिरहनु पक्कै पर्दैन । किनभने बिद्यालय स्तरको पाठ्यक्रममा नै गाई नेपालको राष्ट्रिय जनवार भनेर घोकाइएको छ । राष्ट्रिय जनावारलाई मारेर खाने नियम बिश्वको कुनैपनि मुलुकमा छैन यदी नेपालमा बनाउने हो भने त्यो आश्चार्य मात्रै होइ अराजकहरु र नरभंक्षीहरु बस्ने मुलुकका रुपमा यो देश बिश्वमा चिनिने छ ।राधिकाले नबुझेर पक्कै यो कुरा गरेकी होइनन् । गाईलाई प्रायःसबै नेपालीहरुले मान्ने र पुज्ने भएकै कारण यो राष्ट्रिय जनवार भएको हो । सवाल उनले भन्दैमा गाई काटेर खान पाइने होइन यद्यपी गाई काटेर खाने गरेको घटना समाजमा सार्वजनिक भइरहेका छन् ।

सबै नेपालीहरुले स्पष्टसंग बुझ्न जरुरी के छ भने नेपालमा गाइलाई मात्रै होइन कुनैपनि स्त्री जातीका चौपायालाई काट्न पाइनेछैन । नेपालमा बिद्यमान मुलुकी ऐनको महल ७मा यी कुरा स्पष्ट उल्लेख छ । गाई मात्रै होइन गोरु पनि काट्न पाइने छैन ।
हेर्नुस् मुलुकी ऐन

“मारौं भन्ने नियत लिई गाई, गोरु मार्न, मार्न लगाउन, मार्नाको उद्योग गर्न, सो नियतले विदेशमा लैजान वा लगी बिक्री गर्न समेत हुंदैन । लेखिए बाहेक ऐनले मनाही भएको र आफ्नो हक नपुग्ने चौपाया जनावर, पशु पंक्षी समेत मारी नोक्सान गरिदिन समेत हुंदैन । ”

यसरी अन्य स्त्री जातीका चौपायाको हत्याको बिषयमा पनि यसरी भनिएको छ ः“ अघिदेखि चली आएको देवताको पुजामा गाई बाहेक अरु स्त्री जाति चौपाया बली  मार्न हुन्छ . लेखिएका अवस्थामा बाहेक कुनै स्त्री जाति चौपाया कसैले मार्न हुंदैन.
कसैले गाई, गोरुलाई हतियार वा लाठा ढंङ्गा इत्यादिले हानेकोमा सो गाई, गोरु सोही पीरले उठ्न नसकी थला परी एक्काइस दिनभित्र म¥यो भने सोही हान्नेको चोटले मरेको ठहर्छ । ”यसरी नै मुलुकी ऐनको यही महलमा यसो पनि भनिएको छ
ः“जानी जानी गाई गोरु मार्नेलाई बाह्र वर्ष र बचन दिनेलाई छ वर्ष कैद गर्नुपर्छ । चौंरी गाई मार्नेलाई जीउ एकको चालीस रुपैयाँका दरले जरिवाना गर्नुपर्छ। ”
अब गाई काटेर खानेहुन्छ भन्नेलाई कस्तो कारवाही गर्ने भन्ने कुरा अब यीनै नेतामा भर पर्नैछ । त्यसैले गाइ मात्रै होइन अन्य चौपायाको सवालमा पनि मुलुकी ऐनमा स्पष्ट कुरा उल्लेख गरिएको छ । यी सबै कुरा बिर्सिएर र पशुको पनि अधिकार भएको कुरालाई समेत आंखा चिम्लिएर खानै नपाएको जस्तो गरी जनावरको मासु खानुपर्छ भन्नेहरुले एक पटक मात्रै होइन दश पटक सोच्नु पर्दछ,यस्ता कुरा बोल्न ।
सामान्य नागरिकले समेत यस्तो बिषयमा ध्यान दिनु पर्दछ तर जेठको जिम्मेवार निकायमा पुगेको ब्यक्ति त झनै सचेत बन्नु पर्दछ । यदी यो देशका शीर्ष स्थानमा रहेका ब्यक्तिहरुले मुलुकी ऐन र सामाजिक मान्यताको ध्वज्जी उडाउदै जथाभावी बोल्दै जाने हो र गर्दै पनि जाने हो भने हामीले कस्तो संस्कार भावी पुस्तालाई सिकाउला भन्ने प्रश्न मुख्य हो ।
धार्मिक दृष्टिमा गाई
सनातनकालदेख नै गाईलाई लक्ष्मीको रुपमा नेपालमा मात्रै होइन हिन्दुहरुको बसोवार भएका स्थानहरुमा पुज्ने गरिन्छ । गाईको पूजा गरेर के पाइन्छ भन्नुभन्दा पनि गाईको पूजा गरेर के पाइन्न भन्ने कुरा पनि उठ्न । हिन्दुधर्मालम्बीले मात्रै नभइ कतिपय धर्मका अनुयायीहरुले समेत गाईलाई लक्ष्मीकै रुपमा हेरेको पाइन्छ । गोर्खा सहित केही स्थानमा बस्ने मुस्लिम समुदायले तिहारमा हिन्दुले जसरी नै गाइको पूज ागर्ने गर्दछन् । त्यसैले गाई केवल हिन्दुहरुले मात्रै पुज्ने लक्ष्मी हुन् भनेर ब्यख्या गरिनु पनि मुर्खता हो । त्यसो त बौद्ध धर्मका सच्चा अनुयायीहरु यसैपनि हत्या हिंसाको बिरोधी हुन् । बौद्ध भएकै वा अन्य हिन्दु बाहेकका धर्म मानेकै आधारमा गाइ काट्नु पर्छ भन्ने कुराको तुक यसैपनि छैन ।
के भन्छन् बौद्धिक जमातः
खासगरी उपसभामुखले नै गाई काट्ने कानुनको कुरा गरेपछि अहिले एक खालको बहस भइरहेको छ । पक्ष र बिपक्षमा भइरहेका यस्ता बहसले समाज बिखण्डन तिर जाने खतरा हुन्छ । एकजना बौद्धधर्मका अनुयायी सन्त थिंगले उपसभामुखको भनाइलाई ठाडै अस्वीकार गर्दै यो हिन्दुधर्ममाथिको मात्रै नभइ बौद्ध धर्ममाथिको पनि धावा भएको बताएका छन् । कम्यूनिष्टकै राजनीतिमा भूमिगत समेत भएका हृदयराज गौतमले पदको दुरुपयोग गर्न नसेको भन्दै कडा शब्द प्रयोग गरका छन् । सामाजिक संजाल भरी एक खालको गलत सन्देश पनि प्रवाह भइरहेको छ । यस्ता कुराले धार्मिक एकतामा आंच आउन सक्ने हुनाले समाजका सचेत ब्यक्तिले इमान्दारी पूर्वक सत्य कुरा भन्नु पर्दछ । अहिले नै गाइ काटेर खानै पर्ने हतारो नेपाली जनतालाई छैन । कुनैपनि धर्मले पशुको बध गर पनि भनेको छैन । त्यसैले आफ्नो स्वार्थक ालागि मुलुकको नियम,कानुन,रिती रिवाज सबै खाल्डोमा हाल्नुपर्छ भन्ने मानसिकताबाट हामी सबै माथि उठ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्