उत्कृष्ट क्रिकेट खेलाडीलाई सुनको जुत्ता



काठमाडौं । धनगढी प्रिमियर लिग क्रिकेटको सर्वोत्कृष्ट खेलाडीलाई ‘सुनाको जुत्ता’ प्रदान गरिने भएको छ । धनगढीमा चैत १७ गतेदेखि हुने धनगढी प्रिमियर लिग ९डीपीएल९२० क्रिकेट प्रतियोागिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता दिने निर्णय भएको आयोजकले जनाएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउने बताएको हो ।

आयोजकले गोल्डस्टार जुत्ताको उत्पादक किरण सुज म्यानुफ्याक्चरर्ससँग प्रायोजन सम्झौता गरेपछि उसले सर्वोत्कृष्ट खेलाडीलाई सुनको जुत्ता उपलब्ध गराउन लागेको हो । डीपीएलको सर्वोत्कृष्ट खेलाडी प्राविधिक समितिले चयन गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्