रग्बीमा आर्मी च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
गोर्खाली रग्बी क्लबलाई हराउँदै नेपाल आर्मी क्लब रग्बी लिगमा च्याम्पियन बनेको छ। शनिबार भएको फाइनलमा गोर्खालीलाई ७–३ स्कोरले हराउँदै आर्मीको पुरुष रग्बी टोलीले उपाधि रक्षा गरेको हो। गतवर्ष पनि यी दुवै टोलीले फाइनलमा भीडन्त गरेका थिए। पहिलो हाफमा गोल हुन नसकेको खेलमा दोस्रो हाफको ४२आं मिनेटमा गोर्खालीका लागि विदेशी खेलाडी कोनर मर्फीले कनभर्जन किक गर्न सफल भएपछि ३–० को अग्रता लियो।

तर, त्यसको ५ मिनेटपछि नै आर्मीका लागि जनक वाइवाले ट्राइ (५ स्कोर) गर्न सफल भए। त्यसलगत्तै पाएको कनभर्जनमा सञ्जय अधिकारी सफल भएपछि आर्मीले २ स्कोर थप्यो। तर, बाँकी समयमा गोर्खालीले स्कोर गर्न नसकेपछि आर्मी ७–३ स्कोरसहित च्याम्पियन भयो।

प्रतिक्रिया दिनुहोस्