अफगानिस्तान विश्वकपमा



हरारे, (एजेन्सी)
अफगानिस्तानले विश्वकप क्रिकेट छनोटअन्तर्गत सुपर सिक्समा लगातार तीन खेल जितेर आगामी विश्वकपमा छनोट हुन सफल भएको छ।

शुक्रबार हरारे मैदानमा जित्नै पर्ने खेलमा अफगानिस्तानले आयरल्यान्डलाई ५ विकेटले पराजित गरेको हो। योसँगै आयरल्यान्डको विश्वकप पुग्ने सपना चकनाचुर भयो भने सो खेल ड्र को आशामा रहेको जिम्बाबे पनि निराश हुनुपर्यो। अफगानिस्तानले आयरल्यान्डले छोडेको २ सय १० रनको लक्ष्य ५ विकेटको क्षतिमा ५ बल बाँकी राखी भेटाएको थियो।

योसँगै आगामी वर्ष इंग्ल्यान्डमा हुने विश्वकपका लागि १० टोलीको टुंगो पनि लाग्यो। छनोट प्रतियोगिताबाट वेस्ट इन्डिज र अफगानिस्तान विश्वकपमा पुगेका हुन्। विश्वकपमा पहिल्यै स्थान बनाएका शीर्ष ८ टोली यसप्रकारका छन्ः डिफेन्डिङ च्याम्पियन अस्टे«लिया, आयोजक इंग्ल्यान्ड, गत संस्करणको रनरअप न्युजिल्यान्ड, दक्षिण अफ्रिका तथा एसियाका भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश।

प्रतिक्रिया दिनुहोस्