एसियन गेम्सका लागि खेलाडी छनोट



नेपाल समाचारपत्र
काठमाडौं
आगामी १८औं एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ। शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्पm गरी २ गरी कुल १० खेलाडी छनोट गरिएको हो। इन्डोनेसियाको जाकर्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट गरिएको नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य एवं प्रतियोगिता संयोजक बद्रीप्रसाद घिमिरेले जानकारी दिए। महिलाको ग्यरोगीतर्पm ४९ केजीमुनि अस्मिता खड्का, ५३ केजीमुनिमा निमा गुरुङ र ६७ केजीमुनि संगीता बस्याल छनोट भइन्।

पुरुषको ग्यरोगीमा ५८ केजीमा सागर गुभाजु, ६३ केजीमा वीरबहादुर महरा तथा ६८ केजीमा ज्ञानेन्द्र हमाल छनोट हुन सफल भए। वीरबहादुर गत सागको रजत पदक र पराजित निश्चलमान कांस्य पदक विजेता हुन्। पुरुषको ८० केजीमा सक्षम कार्की र ८७ केजीमाथि अनुज पुजारी छनोट भए। पुम्सेतर्पm महिलामा पार्वती गुरुङ तथा पुरुषमा कमल श्रेष्ठ छनोट भए। अगामी एसियन गेम्सदेखि पुम्से विधा पनि समावेश हुने प्रतियोगिता संयोजक घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्