एन्फाको चुनाव रोक्न ललितपुर उच्च अदालतको आदेश



काठमाडौँ । यही चैत्र १४ गते हुने भनिएको आसन्न अखिल नेपाल फुटबल संघको निर्वाचन नगर्न ललितपुर उच्च अदालतले निर्देशन दिएको छ ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दिएको उजुरीमा ललितपुर उच्च अदालतका न्यायधीस राजकुमार वनको एकल इजलासले निर्वाचन रोक्न आदेश दिएको हो ।

दुबै संघले आफूहरुलाई एन्फाले निर्वाचनबाट बञ्चित गरेको भन्दै उजुरी दिएका थिए । असन्तुष्ट पक्षले एन्फालाई विपक्षी बनाउँदै दिएको उजुरीमा अदालतले सुनुवाई गर्दै १५ दिन भित्र दुबै पक्षलाई उपस्थित हुन आदेश दिएको छ ।

एन्फाको अध्यक्षमा संस्थापन पक्षबाट मणि कुवँर र अर्को पक्षबाट कर्माछिरीङ शेर्पा उम्मेदवार रहेका छन ।

प्रतिक्रिया दिनुहोस्