हतार नगर्ने कि ?



प्रधानमन्त्री ओलीले आइतबार अपराह्न मन्त्रीहरूलाई आफ्नो कार्यालयमा बोलाएर कडा निर्देशन दिएको देखियो। ‘यो वा त्यो बहाना हैन, प्रतिफल चाहियो, जनताले छिट्टै परिवर्तन महसुस गर्न पाउनुपर्यो।’ –उनी यसो भन्दै मन्त्रीहरूसँग कर्किए। परम्परागत मानसिकता अनुसरण गर्दा देश नबन्ने ओलीको भनाइ थियो।

ओलीले आफूहरूलाई यस्तै निर्देशन दिन्छन् भन्ने थाहा पाएर हो क्यार नवनियुक्त मन्त्रीहरू आफू नियुक्त भएको दिनदेखि नै कडा शैलीमा प्रस्तुत हुँदै आएका छन्। जो कडा निर्देशन दिन चुक्यो, ऊचाहिँ ‘फ्लप’ होला कि जस्तो पो देखिन थाल्या छ।

खानेपानी मन्त्री बिना मगरले फरक शैली अनुसरण गर्दै आइतबार आफ्नै मन्त्रालयको छड्के अनुगमन गर्दा सचिवसहितका धेरै अधिकारी अनुपस्थित भेटिए। उनी पनि के कम सबैलाई कडा निर्देशन जारी गरिन्। त्यही दिन ओली कर्किरहेका बेला उनले मनमनै भनिन्– ‘जे होस् पीएम भन्दाचाहिँ मै अघि रहेछु।’ अस्ति खै कहिले उद्योगमन्त्री मातृका यादव मन्त्रालयका अधिकारीहरूसँग कर्किएको पनि सुनिएकै हो।

सबै मन्त्री कडा शैलीमा प्रस्तुत हँुदा सिंहदरबारका कर्मचारी ‘अबचाहिँ केही होला है’ भन्न पनि थाल्या छन्। क्याविनेटको डाडु पन्यू परम्परागत मानसिकता भएकाहरूकै बाहुल्यमा छ। त्यसैले ठूलै अपेक्षाचाहिँ गर्न हतार नगर्ने कि ?

प्रतिक्रिया दिनुहोस्