जेनिफरद्वारा यौन शोषणमा परेको खुलासा



हलिउड सुन्दरी जेनिफर लोपेजले यौन शोषणमा परेको बारेमा पहिलोपटक खुलासा गरेकी छन्। आफ्नो करिअरको शुरूआती दिनमा आफूमाथि भएको यौन शोषणको बारेमा उनले खुलासा गरेको कुराले हर कोहीको होष उड्नेछ।

हलिउडको हाफर म्यागेजिनका लागि दिएको एक अन्तरवार्तामा उनले यो कुराको खुलासा गरेकी हुन्। उनका अनुसार करियरको शुरूआती दिनमा उनलाई एक निर्देशकले आपत्तिजनक प्रस्ताव राखेका थिए।
जेनिफरले भनेकी छिन्– ‘त्यति बेला म इन्डस्ट्रीमा थिइनँ। काम दिने बहानामा एक निर्देशकले बोलाएर कुरा गर्दागर्दै मलाई आफ्नो टप उतार्न भने। यति मात्र होइन उनका माग मेरो प्राइभेट पार्टस् देखाउनु भन्नेसम्मको थियो।’ अन्तरवार्तामा उनले भनेअनुसार यो सुनेर भर्खरै इन्डस्ट्रीमा आएकी जेनिफर अचम्ममा परिन् र अलिकति हिम्मत देखाउँदै यस्तो घीनलाग्दो काम आफूबाट हुन नसक्ने भन्दै अस्वीकार गरिन्।

त्यस समायमा आफ्नो दिल र दिमागमा आफूले उक्त निर्देशकको कुरा अस्वीकार गरेर गल्ती गरेको हो कि भन्ने आइरहेको र तुरुन्तै आफ्नो हिम्मत देखेर आफैंप्रति गर्व लागेको पनि जेनिफरले बताएकी छिन्। उनले निर्देशकको नाम भने गोप्य राखेकी छन्। ४६ वर्षीया लोपेज हलिउडमा लोकप्रिय छिन्। उनले तीन विवाह गरिसकेकी छन्।

सन् २०१७ को अत्यदेखि संसारभरका महिलाले मी टु क्याम्पेनको शुरूआत गरेदेखि यस्ता यौन शोषणको घटनाका बारेमा विशेष गरी महिला सेलिब्रेटी खुल्न थालेका छन्। महिला सेलिब्रेटीले सामाजिक सञ्जालमा कास्टिङ काउच र यौन उत्पीडनका कुरा शेयर गर्ने लहर चलेको छ।

प्रतिक्रिया दिनुहोस्