मलेसियाको सुन्दरी स्पर्धामा नेपाली चेली



ताज आओस् नआओस् बेग्लै कुरा, तर अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्वमा वृद्धि भइरहेको छ। यसै सिलसिलामा मलेसियामा हुने मिसेस एसिया प्यासिफिक–२०१८ मा दुई नेपाली चेलीले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

सिंगापुरको लुमेरी इन्टरनेसनले मलेसियामा मार्च आगामी शनिबार आयोजना गर्ने अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा गोमा अधिकारी तथा बिन्दु लामाले नेपालको प्रतिनिधित्व गर्न लागेका हुन्। प्रतियोगिता मलेसियाको कन्ट्री गार्डेन फोनिक्स होटलमा सम्पन्न हुने बताइएको छ।गोमा अधिकारीले मिसेस एसिया प्यासिफिकअन्तर्गत मिसेस एसिया प्यासिफिक ग्लोबल तथा बिन्दु लामाले मिसेस एसिया प्यासिफिकि इन्टरकन्टिनेन्टलमा प्रतिस्पर्धा गर्नेछन्।

गोमा र बिन्दुको सो प्रतियोगितामा सहभागिताका लागि कोरियोग्राफी हिमानी सुब्बाले उनीहरूलाई प्रशिक्षण दिइरहेकी छिन्। नृत्य प्रशिक्षण एलेक्स महर्जनले गराइरहेका छन्।

यी २ नेपाली चेलीलाई आयोजकले सिंगापुरमा स्वागत गर्ने कार्यक्रम छ। उनीहरू मार्च २४ तारिखका दिन सम्पन्न हुने मिसेस एसिया प्यासिफिक ग्लोबल–२०१८ मा सहभागी हुनेछन्। दुवै प्रतियोगी अमेजन इन्टरटेन्मेन्टको आयोजनामा भएको पाँचौं संस्करणको मिसेस हिमालयन नेपाल–२०१८ का विजेता तथा उपविजेता हुन्। गोमा अधिकारी मिसेस हिमालयनकी विजेता हुन् भने बिन्दु उपविजेता हुन्। गोमाले उक्त प्रतियोगितमा बेस्ट पर्सनालिटी र बेस डे«सको उपाधि पनि जितेकी थिइन्।

मिसेस एसिया प्यासेफिक इन्टरकन्टिनेन्टल–२०१८ मा सहभागी हुने विन्दु लामा मिसेस हिमालयन–२०१८ की फस्ट रनर्सअप हुन्। उनले प्रतिस्पर्धामा मिसेस इन्टिलिजेन्ट अवार्ड जितेकी थिइन्। विन्दु नर्सिङ पेसामा छिन्।

प्रतिक्रिया दिनुहोस्