परम्परा तोडेर पाएको सफलता



काठमाडौं (नेस)
भारतको एक प्रसिद्ध औषधि उत्पादक कम्पनी बायोकोनकी मालिक किरण मजुमदार शाँको सफलताको कथा कुनै अलौकिक कथाभन्दा कम छैन। १० हजार रुपियाँ लगानीबाट शुरू भएको कम्पनी अहिले अर्बौ रुपियाँ कारोबार गरिरहेको छ।

भारतको ३२औं धनी व्यक्ति किरण मजुमदार शाँ एक महिला व्यवसायी, टेक्नोक्राट, अन्वेषक तथा भारतको बैंलोरमा रहेको बायोटेक कम्पनी बायोकोन लिमिटेडकी अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्। फोब्र्सका अनुसार उनको कुल सम्पत्ति ३ अर्ब ४० करोड अमेरिकी डलर बराबर छ।

१० हजार रुपियाँ भारतीय लगानी गरेर एउटा पुरानो ग्यारेज भाडामा लिई बायोकोन सम्बन्धी आफ्नै कम्पनी शुरू गरिन्। उनले २५ वर्षकै उमेरमा सन् १९७८ मा बायोटेक कम्पनी स्थापना गरेकी थिइन्। उक्त कम्पनीमा कोही काम गर्न नमानेपछि पहिले त्यही ग्यारेजमा काम गरेर रिटायर्ड मेकानिकलाई पहिलो कर्मचारीका रुपमा नियुक्त गरिन्।

किरण मजुमदारको जन्म २३ मार्च १९५३ मा भारतको कर्नाटक राज्यमा भएको थियो। बैंग्लोर विश्वविद्यालयबाट जीव विज्ञानमा स्नातक गरेपछि पेय पदार्थको व्यापार शुरू गर्ने मजुमदारको लक्ष्य भए पनि उनको परिवारको असहयोगपछि उनको त्यो सपना पूरा हुन पाएन।

परिवारले उनलाई स्नातकोत्तर तहको पढाईका लागि अष्ट्रेलिया पठायो। जहाँ उनले काल्टन एन्ड बु्रअरी कम्पनीमा सहयोगीका रुपमा काम गर्न शुरू गरिन्। तर, भारत फर्किएपछि उनलाई मेलबर्न विश्वविद्यालयमा गरेको पढाई र सीकेको सीप दुवै काम लागेन।

‘बेभरेज एन्ड बु्रअरिज’ क्षेत्रमा जागिरका लागि भारका विभिन्न शहरमा भौतारिए पनि उनको कम उमेर, लिंग तथा संकीर्ण सामाजिक सोचका कारण कतै काम पाउन सकिनन्। त्यो समयमा पुरुषका लागि मात्र छुट्याइएको उक्त काम उनलाई दिन कुनै पनि कम्पनी तयार भएनन्।

जागिर खोज्ने सिलसिलामा उनलाई आयरल्यान्डको एउटा कम्पनीमा काम पाइन। आयरल्यान्डमा काम गर्दा ताका उनको भेट बायोकोन बायोकेमिकल्सका संस्थापक लेस्ली आसिनक्लाससँग भयो। लेस्लीलाई भारतमा आफ्नो व्यवसाय बिस्तारका लागि कोही उद्यमशील व्यक्तिको खाँचो थियो। किरण मजुमदारले लेस्लीसँग काम मन नपरेको खण्डमा ६ महिनामा राजीनामा गर्ने शर्तमा ट्रेनी मेनेजरका रुपमा उनको कम्पनीमा काम शुरू गरिन्।

दुई वर्ष उक्त कम्पनीमा काम गरिसकेपछि उनले १० हजार रुपियाँ भारतीय लगानी गरेर एउटा पुरानो ग्यारेज भाडामा लिई बायोकोन सम्बन्धी आफ्नै कम्पनी शुरू गरिन्। उनले २५ वर्षकै उमेरमा सन् १९७८ मा बायोटेक कम्पनी स्थापना गरेकी थिइन्। उक्त कम्पनीमा कोही काम गर्न नमानेपछि पहिले त्यही ग्यारेजमा काम गरेर रिटायर्ड मेकानिकलाई पहिलो कर्मचारीका रुपमा नियुक्त गरिन्।

कम्पनी शुरू गर्दा उनलाई उनको परिवारको सहयोग प्राप्त थिएन। बैंकले पनि उनलाई ऋण दिन मानेन। तरm कम्पनी शुरू भएको एक वर्षमा नै उनको कम्पनीले एन्जाईमको निर्माण गरेर युरोप तथा अमेरिकामा निर्यात गर्ने पहिलो भारतीय कम्पनीका रुपमा स्थापित भयो। एक वर्षभित्रै कम्पनीको कमाईबाट उनले २० एकड जग्गा पनि खरीद गरिन्। किरण मजुमदारले व्यवसायमा कैयौं चुनौतीको सामना गर्नुपर्यो। यस्तो प्रतिकूल वातावरणका बाबजुत पनि बायोकोन कम्पनीलाई नयाँ दिशा र प्रगतिको शिखरमा लैजान सफल भइन्।

उनी ‘द स्टोरी अफ् बियर’ की लेखिका पनि हुन्। उनलाई भारतकै पहिलो बायोटेक उद्यमीका रूपमा लिइन्छ। उनले १९८९ मा पद्मश्री सम्मान र २००५ मा पद्मभुषण सम्मान पाउन सफल भईन। यी ६४ वर्षे महिला व्यवसायी अहिले इण्डियन इन्ष्टिच्युट अफ म्यानेजमेण्टकी अध्यक्ष पनि हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया दिनुहोस्