विवेक सम्मानित



काठमाडौं, (नेस)
थाइल्यान्ड, भुटान, जापान र हङकङमा भएका विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका पदक विजेता विवेक श्रेष्ठ शुक्रबार सम्मानित भएका छन्। एभरग्रिन ग्रुप युकेले विवेकलाई नगद ७२ हजारसहित सम्मान गरेको हो। उनका प्रशिक्षक नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष अशोक खड्कालाई पनि १८ हजार नगदसहित सम्मान गरियो।

प्रतिक्रिया दिनुहोस्