विश्वकप छनोट: नेपाल र नेदरल्यान्ड्ससँग भिड्ने



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक एक दिवसीय मान्यता पाएको नेपाल सातौ स्थानका लागि शनिबार नेदरल्यान्ड्ससँग भिड्ने तयारीमा छ ।

जिम्बाब्वेमा जारी आइसिसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सातौं स्थानको लागि हुने प्लेअफ खेलमा नेपाल र नेदरल्यान्ड्स भिड्दैछन् । बिहीबार भएको प्लेअफ खेलमा नेपालले पपुवान्यूगिनीलाई ६ विकेटले पराजित गर्नुका साथै नेदरल्यान्ड्सले हङकङलाई ४४ रनले पराजित गरेपछि नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने पक्का भएको हो ।

एक दिवसीय खेलमा नेपाल र नेदरल्यान्डस् अहिलेसम्म चार पटक आमने सामने भएका छन् । जसमा दुवै टोलीले समान दुई दुई खेल जितेका छन् । शनिबार नै नवौँ स्थानका लागि हङकङ र पपुवान्यूगिनी पनि भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्