नोबेल पुरस्कार विजयीकी पत्नीको शव प्राप्त



न्युयोर्क, (एजेन्सी)
रसायनशास्त्रतर्फ विश्वकै सबैभन्दा प्रतिष्ठित नोबल पुरस्कार विजयी जापानीका पत्नीको अमेरिकाको इलिनोइसमा भएको मृत्यु सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। सोमबारदेखि इन्डियाना राज्यस्थित आफ्ना निवासबाट यी जापानी दम्पती हराइरहेका थिए।

मंगलबार बिहान सबेरै नोबेल पुरस्कार विजयी एई इची नेगिसीलाई रकफोर्ड नजिक फेला पारेर प्रहरीले अस्पताल पुर्याएको थियो। त्यसको केही समयपछि ल्यान्डफिल साइटमा रहेको तिनीहरूको कारमा ८० वर्षीया सुमिरे नेगिसीको शव भेटिएको थियो।

प्रहरीले यस मृत्यु सम्बन्धमा हत्याको संकेत नदेखिएका बताएको छ। अन्तिमपटक यस दम्पतीलाई पड्र्यु युनिभर्सिटीनजिकको वेस्ट लाफायटेस्थित तिनीहरूको निवासमा देखिएको थियो।

नेगिसीे सो युनिभर्सिर्टमा रसायनशास्त्रको प्राध्यापक रहेका छन्। नेगिसी परिवारले स्थानीय न्युज च्यानल डब्ल्यूटीएचआरलाई तिनीहरू विमानस्थलमा जाने क्रममा बाटोमा अलमलिएको हुनुपर्ने बताएको छ।
शिकागो रकफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलदेखि करिब १२ किमि टाढाको अर्काड हिल्स ल्यान्डफिलमा उनको शव भेटिएको हो। उनी पार्किन्सन रोगबाट ग्रस्त रहेकी थिइन्। अमेरिकामा बसोबास गर्दै आएका जापानी नागरिक नेगिसीले सन् २०१० मा नोबेल पुरस्कार जितेका थिए।

प्रतिक्रिया दिनुहोस्