कप्तान र उपकप्तान नै झिनो रनमा आउट, दबाबमा नेपाल



काठमाडौँ । विश्वकप छनोट चरणको प्लेअफ प्रतियोगितामा पपुवा न्यूगिनीले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको छ । जारी खेलमा नेपालका कप्तान पारस खड्का आउट भैसकेका छन् । उनी २० रन बनाएर आउट भएका हुन्। नेपालका अनिल साह ९ रनमा आउट भए भने नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल एक रनमा आउट भएका छन् ।यससँगै नेपालको तिन विकेट झरीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्