बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



एजेन्सी । चेल्सीलाई पराजित गर्दै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

स्टार खेलाडी लियोनल मेस्सीको दुई गोल र ओसमन डेम्बलको एक गोलको मद्दतले बार्सिलोनाले चेल्सीलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा ३–० ले पराजित भएपछि चेल्सी प्रिक्वाटरफाइनलबाटै बाहिरियो । यी दुई बीचको पहिलो लेगको खेल १–१ को बराबरीमा टुँगिएको थियो । बार्सिलोनाको जितसँगै मेस्सीले च्याम्पियन्स लिगमा आफ्नो सयौं गोल पनि पुरा गरेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गन नै भएको अर्को खेलमा बायर्न म्युनिखले बेसिक्टासलाई पराजित गरेको छ । बेसिक्टासलाई उसैको घरेलु मैदानमा ३–१ को गोल अन्तरले पराजित गर्दै म्युनिख पनि क्वाटरफाइनलमा पुगेको छ । म्युनिखका थिआगो अल्कान्ट्रा र सान्ड्रो वाग्नरले एक एक गोल गरेका थिए । बेसिक्टासका गोखान गोनुलले आत्मघाती गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्