सहकारी स्वर्ण महोत्सवः प्रदेश स्तरकै नमुना सहकारी टाओर निर्माण गरिने



मोतिराम तिमल्सिना, काभ्रे ।

सहकारी स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा जिल्ला सहकारी संघले चैत्र महिनाभर सहकारीको स्वर्ण महोत्सव मनाउने भएको छ । महोत्सवको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सहकारी महोत्सव र त्यसको औचित्यका बारेमा जानकारी गराईएको थियो ।

सहकारीहरुको प्रदेश स्तरको कार्यालय स्थापना गरी कार्य शुरु भईसकेको काभ्रेपलाञ्चोक जिल्लामा विभिन्न प्रकृतिका १४ सय ९५ प्रारम्भिक सहकारी संस्थाहरु रहेका छन् भने वचत तथा ऋण, दुग्ध, तरकारी, बहुउद्धेश्यीय, कृषि, उपभोक्ता, तथा कफी, सहकारीहरुका ७ वटा विषयगत सहकारी संघहरु क्र्रियाशिल रहेका छन् ।

जिल्लाभर गठन भई संचालनमा रहेका सबै प्रकृतीका सहकारी संघ संस्थाहरुको नेतृत्वदायी छाता संघको रुपमा रहेको जिल्ला सहकारी संघ लि. काभ्रेपलान्चोक, स्थापनाको ५० औं वर्ष पुगेको अवसरमा चैत्र महिनाभर जिल्लाको सहकारी अभियानको तर्फ बाट काभ्रे सहकारी स्वर्ण महोत्सवको रुपमा मनाउने निर्णय गरी २ सय ५१ सदस्यीय काभ्रे सहकारी स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिएको छ ।

समिति अन्र्तगत ३१ सदस्यीय व्यवस्थापन समिति र सम्मान तथा पुरस्कार छनौट समिति, प्रदर्शनी व्यवस्थापन समिति, प्रचार,प्रसार समिति, आर्थिक व्यवस्थापन समिति, गोष्ठी व्यवस्थापन समिति, ¥याली व्यवस्थापन समिति, अतिरिक्त क्र्रियाकलाप संचालन समिति र मूल्यांकन तथा प्रतिवेदन तयारी समिति गठन गरिएको छ ।

अन्तर्राष्ट्रिय सहकारी महासंघ आइसिएले सन् २०११ देखि सन् २०२० सम्मलाई घोषणा गरेको सहकारी दशकको अन्त्य सम्ममा जिल्लाका सबै घरधुरीहरुलाई सहकारीमा समेट्ने लक्ष्य लिई “सम्बृद्ध काभ्रे हाम्रो पहिचान, घरघरमा सहकारी सहकारी सदस्यता अभियान” भन्ने मुल नाराका साथ जिल्ला भरका सहकारी संस्था÷संघहरु, सहकारी प्रति अभिरुची राख्ने सहकारीकर्मीहरुको उत्साहपद सहयोग र सहभागिता रहने गरी सहकारी सम्बन्धी विविध गतिबिधिहरु गरिने भएको छ ।

स्वर्ण महोत्वस अवधीको चैत्र २७ गते पहिलो दिन झांकी सहितको बृहत ¥याली प्रर्दशनी, काभ्रे सहकारी स्वर्ण महोत्सव पुस्तक बिमोचन, सहकारी भवन शिलान्यास, जिल्ला, केन्द्र तथा राष्ट्रिय तहका सहकारीकर्मी एवम् पत्रकार, सरकारी तथा सहकारीका कर्मचारीहरुलाई विशेष सम्मान गरी भव्यतापूर्वक कार्यक्रमको सुरुवात गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रमको दोस्रो दिन चैत २८ गते “दिगो बिकास लक्ष्य प्राप्तिका लागि सहकारी”, “स्थातिय तह र सहकारी क्षेत्र”,“सहकारी मार्फत उद्यमशिलताको विकास”,“सहकारीमा युवा सहभागिता”,“सहकारीमा सूचनाको हक”, “सहकारीमा सम्पत्ति शुद्धिकरण” र “सहकारी ऐन २०७४” लगायतका बिषयहरुमा बिषय बिज्ञहरुद्धारा विचार गोष्ठीहरु संचालन हुने अध्यक्ष विनोद पराजुलीले बताए ।

चैत्र २९ गते स्वर्ण महोत्सव अवधिभरका क्रियाकलापहरुमा उत्कृष्टता हांसील गर्ने सहकारी संस्था⁄संघ एवम् सहकारीकर्मीहरुलाई पुरस्कृत गरी कार्यक्रमको औपचारीक समापन गरिने महोत्सव मुल समारोह समितिका सचिव दिलिप शर्माले जानकारी दिए ।

जिल्लामा भइरहेको सहकारीको फैलावट, यसले समुदायमा पु¥याएको आर्थिक तथा सामाजिक योगदान र संवैधानिक महत्वलाई जगेर्ना गर्दै जिल्लाभरका नागरीकहरुमा सहकारीताप्रतिको अभिरुचिलाई अझ बढावा दिनका लागि काभ्रे सहकारी स्वर्ण महोत्सव–२०७४ लाई भव्यतापूर्वक सम्पन्न गर्नका विभिन्न चरणका छलफलहरु समेत शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्