उद्योगको क्षमताको आधारमा कर निर्धारण गर्नुपर्ने बुटवलका उद्योग ब्यवसायीहरुको माग



यमलाल भुसाल, बुटवल ।
ईट्टा व्यवसायीको समस्या समाधानका लागि प्रदेश सरकारको ध्यान जान जरुरी रहेको सरोकारवालाहरुले औल्याएका छन ।

प्रदेश नं. ५ को ईट्टा उद्योग ब्यवसायीहरुको बुधवार बुटवलमा भएको प्रथम प्रदेश भेलामा ईटृा व्यवसायीले राज्यको पुन ःसंरचनामा र पूर्वाधार निर्माणमा पुराएको योगदानको कदर गदैं मुल्य अभिवृद्धि कर प्रणाली अविलम्व हटाई उद्योगको क्षमताको आधारमा कर निर्धारण गर्न माग गरेका छन ।

कार्यक्रमा नेपाल ईट्टा उद्योग ब्यवसायी महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र बहादुर चित्रकारले नीतिगत समस्याले ईट्टा उद्योग ब्यवसायीहरु मारमा परेको बताउनु भयो । उहाँलेृ स्थानिय तहको सरकारले ईट्टा उद्योगलाई बन्द गर्ने षडयन्त्र गरेको बताउदै राज्यको आधिकारीक निकायमा उद्योगको नाममा कानुनी रुपमा दर्ता भएको व्यवसाय बन्द गर्न खोजिए कडा आन्दोलन चक्राउने चेतावनी समेत दिनु भयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले नया प्रविधि भित्राएर उत्पादन लागत घटाउन सकिने सुझाव दिदै यसतर्फ उद्योगीहरुले सोच्नुपर्ने अवस्था आएको बताउनु भयो । नेपााल ईट्टा उद्योगमहासंघका महासचिव शंकर बहादुर चन्दले करोडौ रुपैयाँ लगानी भएको ईट्टा उद्योगको बीमाको व्यवस्था मिलाउनु सरकारसंग माग गर्नु भयो ।

नेपाल ईट्टा उद्योग महासंघका सचिव सफरमिया अन्सारीले देशको नया संघिय संरचनासंग ईट्टा उद्योगहरुको समस्या समाधान हुनेमा आशाबादी रहेको बताउनु भयो ।
ब्यवसायीहरु बिचमा अस्वस्थ्य प्रतिस्प्रर्धाले गर्दा अरुलाई फाईदा मिलेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।

महाकाली ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष बलदेव सिह बुडालले केवल निर्वाहमुखि चलेको भन्दै यसलाई ब्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । सरकारले स्थानिय तहमा करलाई अनिवार्य बनाए ठुलो समस्या उत्पन्न हुने भन्दे उहाँले यसतर्फ संस्थागत रुपमा समाधानतर्फ अघि बढ्न जरुरी रहेको बताउनु भयो । स्तर निर्धारण गर्न जरुरी रहेको भन्दै मुल्यसमायोजनको ठुलो समस्या रहेको समेत औल्याईएको थियो ।

नेपाल ईट्टा उद्योग ब्यवसायी संघ रुपन्देहीका अध्यक्ष थानेश्वर घिमिरले सरकारले व्यवसायीवाट राजस्वको नाममा मुल्य अभिबृद्रि कर लिने गरेकोमा अवदेखि भ्याटमा नभई फल्याट सिस्टममा लिने व्इवस्थ ागर्न सरकारसंग माग गर्नु भयो ।

नेपाल ईट्टा उद्योग ब्यवसायी महासंघ केन्द्रिय सल्लाहकार चेतमान श्रेष्ठ, बर्दिया ईट्टा उद्योग ब्यवसायी संघका उपाध्यक्ष मनोज कुमार बर्मा, बाके ईट्टा उद्योग ब्यवसायी संघका अध्यक्ष जैतुन खाँले प्रदेशस्तरमा उद्योग ब्यवसायीहरुको संगठन बनाएर अघि बढनु पर्नेमा जोड दिनु भयो । नेपाल ईट्टा उद्योग ब्यवसायी संघ रुपन्देही, नवलपरासी र कपिलबस्तुको संयुक्त आयोजनामा प्रथम भेला भएको हो ।

प्रतिक्रिया दिनुहोस्