माग्नेबूढाको पारिश्रमिक आयोजकलाई



हेटौंडा, (नेस)। पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा सञ्चालित प्रथम ऐतिहासिक सांस्कृतिक बकैया महोत्सवलाई हास्य अभिनेता माग्नेबूढा केदार घिमिरे र घिमिरेकी पत्नी सीतादेवी तिमल्सिनाले पाएको पारिश्रमिक नगद ८० हजार रुपियाँ सहयोग गरेका छन्।

शुक्रबार भएको सांस्कृतिक कार्यक्रममा आयोजकले प्रदान गरेको नगद ८० हजार रुपियाँ घिमिरे दम्पतीले महोत्सव आयोजक बुद्ध युवा क्लबका अध्यक्ष विजय लामालाई स्टेजमा नै हस्तान्तरण गरेका थिए। ‘हामीले पाएको पारिश्रमिक आयोजकलाई हस्तान्तरण गरेका छौुं, घिमिरेले भने– ‘आफू जन्मेको र हुर्केको ठाउँमा पहिलोपटक आयोजना गरिएको महोत्सवलाई आर्थिकरूपमा सहयोग पुगोस् भन्ने हेतुले सहयोग गरेका हौं। आगामी वर्ष हुने महोत्सवलाई पनि सहयोग गर्ने जनाउँदै घिमिरेले महोत्सव सफल बनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्