मायांकासँग एनी पराजित



नेपाल समाचारपत्र
काठमाडौं
मायांका राणाले १०औं सहवीर स्मृति लनटेनिस प्रतियोगिताअन्तर्गत सोमबार भएको महिला सिंगल्स क्वाटरफाइनल खेलमा एनी माथेमालाई पन्छाएकी छन्।

नेपाल पुलिस क्लबकी मायांकाले नेपाल एपीएफ क्लबकी एनी माथेमालाई ६–१, ६–१ ले हराएर अन्तिम चारमा पुगेकी हुन्। त्यस्तै त्रिभुवन आर्मी क्लबकी इरा रावतले एपीएफकी भगवती विकलाई ६–२, ६–० ले, पोखराका गंगा शर्माले एपीएफकै इन्द्रकला श्रेष्ठलाई ६–१, ६–० ले र पुलिसकी माहिका राणाले ललितपुरकी अभिलाषा विष्टलाई ६–१, ६–२ ले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरे।

यसै गरी पुरुष सिंगल्सतर्फ ललितपुरका जितेन्द्र परियारले ललितपुरकै अभिषेक विष्टलाई ६–०, ६–० ले, पुलिसका कमल भण्डारीले काठमाडौंका सुब्रत बस्नेतलाई ६–२, ६–० ले, बुटवलका विकास खड्काले काठमाडौंका विवेक श्रेष्ठलाई ६–१, ६–० ले र काठमाडौंका मानबहादुर कटुवालले ललितपुरका निसान श्रेष्ठलाई ६–३ , ६–४ ले पराजित गरी अन्तिम चारमा पुगे।
ब्याडमिन्टन
१४औंं राष्ट्रव्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टनअन्तर्गत पुरुष सिंगल्सतर्फ त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले कैलालीका देवराज रानालाई २१–१२, २१–१२ ले हराएर अन्तिम आठमा स्थान पक्का गरे। आर्मीकै प्रज्ज्वल महर्जनले एपीएफका सुदीप सेढाईलाई २१–११, २१–१९ ले, भोजपुरका विकास श्रेष्ठले एपीएफका गौतम कठायतलाई २१–१९, २१–१९ ले, एपीएफका साजनकृष्ण ताम्राकारले एपीएफकै इन्द्रबहादुर महतालाई २१–१४, २१–१० ले हराएर अन्तिम आठको यात्रा तय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्