हङकङले दियो नेपाललाई १५४ रनको लक्ष्य



काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत समूहको आफ्नो अन्तिम खेलमा नेपालले जीतका लागि १५४ रनको लक्ष्य प्राप्त गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ४८ ओभर २ बलमा अलआउट हुँदै १५३ रन जोडेको छ ।
बलिङका क्रमामा नेपालका सन्दीप लामिछानेले ३, करण केसी र वसन्त रेग्मीले समान २ तथा ललितसिंह राजवंशी र सोमपाल कामीले १र१ विकेट लिए ।

हङकङका निजाकट खानले ४७, इशान खानले २५ तथा कप्तान बाबर हयातले २० रन जोडे ।

नेपाल केहिबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ ।

प्रतिक्रिया दिनुहोस्