हङकङलाई हराउन नेपाली टिमलाई दबाव



काठमाडौं । जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोट प्रतियोगिता सोमबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

लगातार तीन खेल हारेको नेपाललाई सोमबार हुने समूह ‘बी’ को अन्तिम खेलमा फराकिलो अन्तरले जित्नुपर्ने दबाव छ ।

नेपालले सोमबारको खेल जितेमा ओडीआई स्टाटसको सम्भावना रहन्छ भने हारेमा रेलिगेसनको खतरा रहन्छ । त्यसैले एकदिवसीय मान्यता पाउन र डिभिजन टूमा घटुवा हुनबाट बच्न पनि आजको खेल जित्नैपर्ने हुन्छ ।

नेपालले हङकङलाई फराकिलो अन्तरले हरायो भने अफगानिस्तान सुपर सिक्समा पुग्ने सम्भावना प्रबल रहन्छ । झिनो अन्तरमै हङकङलाई हराएमा भने नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी नै रहन्छ । त्यसका लागि सोमबार नै हुने समूह ‘ए’ को खेल निर्भर रहन्छ ।

प्रतिक्रिया दिनुहोस्