मल्पी र काष्ठमण्डप सेमिफाइनलमा



काठमाडौं, (नेस)
आयोजक मल्पी ‘ए’ र काष्ठमण्डप दोस्रो मल्पी कप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ‘ए’ बाट मल्पी ‘ए’ विजेता र ‘बी’ बाट काष्ठमण्डप उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन्।

बालुवाटारस्थित घरेलु कोर्टमा भएको समूह चरणको खेलमा मल्पी ‘ए’ ले साइपाल एकेडेमीलाई १९–१३, जेभियरलाई १९–१२ र काष्ठमण्डपलाई १८–१४ ले पराजित गरेको हो। काष्ठमण्डपले साइपाललाई १४–१२ तथा जेभियरलाई १२–६ ले हरायो।

समूह ‘बी’ को लिग खेलमा द ब्रिटिस कलेजले रुपिजलाई १६–१३, मल्पी ‘सी’ लाई १४–१० र मल्पी ‘बी’ लाई १६–१४ ले पाखा लगाउँदै समूह विजेताका रूपमा सेमिफाइनल पुग्यो। मल्पी ‘बी’ पनि समूह उपविजेताका हैसियतले सेमिफाइनल यात्रा तय गर्न सफल रह्यो। मल्पी ‘बी’ ले रुपिजलाई १२–६ तथा मल्पी ‘सी’ लाई १४–१२ ले निराश पार्यो।

प्रतियोगिताको ब्वाइजमा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन्। गल्र्समा ३ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रतिक्रिया दिनुहोस्