ओस्कार अवार्ड चोरी भएपछि ….



हालै मात्र अमेरिकाको क्यालिफोर्नियास्थित डल्बी थिएटरमा सम्पन्न ९०औं ओस्कार एकेडेमी अवार्डमा फिल्म थ्री बिलबोर्डस आउटसाइड मिसौरीको लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी अभिनेत्री फ्रान्सिस म्याकडोरमन्डको खुसी अवार्ड विजयी भएर पनि बदलियो। उनको खुसी त्यति बेला खोसियो, जुन बेला उनले भर्खरै आफ्नो अवार्ड चोरी भएको थाहा पाइन्।

एजेन्सीका अनुसार अवार्ड समारोह सकिनेबित्तिकै उनको अवार्ड चोरी भएको थियो भने यो खबर थाहा पाउनसाथ यी अभिनेत्रीको होस उडेको थियो। तर खुसीको कुरा यो भयो कि अवार्ड चोरी भएको केहीबेरमै चोरलाई भने प्रहरीले पक्रियो। प्रहरीको सहयोगले फ्रान्सिसले तत्कालै आफ्नो अवार्ड फिर्ता पाइन्। एक ४७ वर्षीय व्यक्तिलाई प्रहरीले अवार्ड चोरीको आरोपमा पक्रिएको थियो भने उक्त व्यक्तिलाई चोरीको मुद्दा दर्ता गराउने तयारी गरिरहेको थियो। तर आफ्नो अवार्ड फिर्ता पाइसकेपछि फ्रान्सिसले दया देखाउँदै चोरलाई छोडिदिन भनेको एजेन्सीले समाचारमा जनाएको छ।

प्रतिक्रिया दिनुहोस्