महिला खेलाडीलाई सम्मान



नेपाल समाचारपत्र
काठमाडौं
अन्तर्राष्ट्रीय नारी दिवसको अवसर पारेर बिहीबार केभीन केयरको उत्पादन स्पिन्ज पफ्र्यूम्ड डियोद्वारा पाँच जना चर्चित नेपाली महिला खेलाडीलाई सम्मान गरेको छ । स्पिन्ज एक्टिभ गर्ल अफ द ईयर २०१८ नाम रहेको उक्त कार्यक्रममा मोटर स्पोर्ट्सकी मेरिना श्रेष्ठ, टेबल टेनिसकी नविता श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, साइकिलिंगकी लक्ष्मी मगर र तेक्वान्दोकी निशा रावललाई विशेष उपहारसहित जनही नगद १० हजार प्रदान गरी सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्