एपीएफ च्याम्पियन



पर्वत, (नेस)
साबित्री कन्चनजंगा दोश्रो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफ च्याम्पियन बनेको छ । बिहिवार भएको फाईनल खेलमा एपीएफले चिर–प्रतिद्धन्द्धी शिवम् न्यु डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा स्तब्ध बनायो । एपीएफले न्यु डायमण्डमाथी २५–१८,१२–२५,२५–१६, २५–११ को जित निकाल्दै १ लाख नगद सुरक्षित गर्यो । न्यु डायमण्डले ६० हजार रुपियाँ पाउँदा तेश्रो नेपाल पुलिसले नेपाल आर्मीलाई ३–१ सेटले हराएर ४० हजार नगद प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्