कौन वनेगा करोडपती लक्की ड्र परेको भनी ठगी



यमलाल भुसाल, बुटवल । बिगत केही समयदेखि देशका बिभिन्न स्थानका सोझा साझा व्यक्तिहरुलाई कौन वनेगा करोडपती वाट भारतिय रुपैयाँ २५ लाखको लक्की ड्र परेको छ,भनी ठगी गर्ने ३ जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

लक्की ड्र मा परेको रकम भारतबाट नेपाल पठाउन बैंक सेक्युरिटीको लागि तत्काल रु.६० हजार पठाउनु पर्छ भनि पीडित व्यक्तिहरुको मोबाईलमा इमो मार्फत जानकारी गराई मनि ट्रान्सफरबाट रकम पठाउन लगाई ठगी गरेको भन्ने पीडितहरुको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेकाे जनाएकाे छ ।

 

प्रहरीले जिल्ला रुपन्देही सियारी गाउँपालिका १ बस्ने बर्ष २४ को अंगदकुमार यादव, लुम्बिनी सांस्कृतिक नगरपालिका वार्ड नं.१ बस्ने बर्ष २४ को बिराज भन्ने इवरार हुसेन शेष र मायादेवि गाउँपालिका वार्ड नं.८ बस्ने बर्ष २५ को राधेश्याम कोईरीलाई पक्राउ गरी ठगी मुद्दामा कारवाही अगाडी बढाएकोजिल्लाप्रहरी कार्यालय रुपन्देहीकाप्रहरी नाउव उपरिक्षक डिल्लीनारायण पाण्डेले बताउनु भयो ।

प्रनाउ पाण्डेले ठगी प्रकरणका केही फरार व्यक्तिहरुको खोजी कार्य भैरहेको बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्