श्रद्धाद्वारा सलमानको अफर अस्वीकार



बलिउड नायिका श्रद्धा कपुरले शनिबार आफ्नो ३१औं जन्मदिन मनाएकी छिन्। उनले फिल्म तीन पत्तीबाट आफ्नो फिल्मी करिअर शुरु गरेकी थिइन्। तर, त्यो फिल्म असफल भएको थियो।

फिल्म आसिकी–२ को सफलतासँगै भने उनले बलिउडमा आफ्नो पहिचान बनाएकी थिइन्। त्यसपछि हैदर, बागी, एक भिलेन, हाफ गर्लफ्रेन्ड जस्ता फिल्ममा अभिनय गरेर दर्शकको ध्यान आफूतिर आकर्षित गर्न सफल भएकी थिइन्।

उनै बलिउड गर्लका बारेमा हालै एक रमाइलो कुरा बाहिरिएको छ। उनी जब १६ वर्षकी थिइन्, उनलाई नायक सलमान खानले आफूसँग एक फिल्ममा काम गर्न अफर गरेका थिए। तर, श्रद्धा भने आफ्नो पढाइमा ध्यान दिन चाहन्थिन्। त्यस कारण उनले सलमानको यो अफरलाई अस्वीकार गरिदिइन्। एक बलिउड अनलाइन पत्रिकाको अनुसार सलमानले श्रद्धालाई एक विद्यालयको नाटकमा अभिनय गरिरहेको देखेका थिए।

त्यसपछि सलमान उनको अभिनयबाट प्रभावित भएका रहेछन्। श्रद्धा हाल साहो नामक फिल्ममा काम गरिरहेकी छन्, जसमा उनीसँग प्रभासले स्क्रिन शेयर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्