द्वन्द्व निर्देशक खड्गी जेल चलान



द्वन्द्व निर्देशक, अभिनेता तथा फिल्म निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ। कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैधरूपमा दक्षिण कोरिया पुर्याएको आरोपमा खड्गीलाई जेल चलान गरिएको हो।

जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै जेल चलान गरिएको हो। खड्गीलाई अहिले केन्द्रीय कारागार सुन्धारामा राखिएको छ। जिल्ला न्यायाधिश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको सीआईबीका प्रमुख पुष्कर कार्कीले जानकारी गराए। सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए। पछि दुई जना मात्र नेपाल फर्केका थिए। त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआईबीलाई जानकारी गराएपछि अनुसन्धान थालिएको थियो। प्रहरी हिरासतमा रहेका बेला खड्गीले उनीहरूलाई कोरिया लगेको स्वीकार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्