स्थानीय निकायको विकासको पहिलो प्राथमिकता सडक



कविराज नेपाल, पाल्पा । पहाडी जिल्ला पाल्पाका विकट गाउहरुमा मोटरबाटो पु¥याइ जनताको जीवनस्तर माथि लैजाने उद्देश्यका साथ विकासको पहिलो पूर्वाधारका रुपमा सडक निर्माणलाइ स्थानीय जनप्रतिनिधीले प्राथमिकतामा पार्ने गरेको पाइएको छ । जिल्लामा रहेका दुइ नगरपालिका र आठ गाउ पालिका मध्ये सवैको प्राथमिकता सडक निर्माण रहेको छ ।

त्यसै कारण स्थानीय सरकारले विकासको मेरुदण्ड ठानिने सडकलाई पहिलो प्राथमिकतामा राखेर कार्यान्वयन गरेको देखिएको छ ।
जिल्लामा स्थानीय निकायमा जनप्रतिनिधि निर्वा्चित भएपछि सडकको स्तरोन्नती तर्फ भन्दा नयाँ ट्रयाक खोल्न धेरै बजेट विनियोजन गरी कार्यान्वयन चरणमा पुगेको सम्बन्धित स्थानीय निकायका प्रमुखको भनाइ छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही जिल्ला सदरमुकाम तानसेनमा पछिल्लो समय तत्कालिन गाउ विकास समितीमा रहेका केही गाउँहरु थपिएको ुर पुरानै नगराालिकाका सवै वस्तीहरुमा सडकको पहुँच राम्रो नभएका कारण यस वर्ष सडक निर्माणको वर्षका रुपमा नगरपालिकाले प्राथमिकताका साथ काम गर्ने वताउँछन । नगरप्रमुख शाहीको भनाइमा गाउ र शहरलाइ जोडने प्रमुख माध्यम भनेकै सडक हो र सडक निर्माण पछि विकासका अरु संभावनाहरु पनि खुल्दै जाने भएकाले सडक निर्माणलाइ पहिलो प्राथमिकता दिनु परेको हो ।

यस्तै भनाइ गाउ पालिकाका अध्यक्षहरूको पनि छ । ‘खासगरी युवा जनशक्तिलाइ विदेश पलायन हुनबाट रोक्न र ् उनीहरूको श्रम र सीपलाई स्वदेशमै उपयोग गर्ने मुख्य माध्यम कृषि व्यवसाय भएकाले कृषिको आधुनिकीकरणसँगै वजारसम्म पृु¥याउन पनि सडक चाहिएको हो ।’ –रैनादेवी छहरा गाउ पालिकाका अध्यक्ष रामवहादुर कार्की भन्छन ।

त्यस्तै माथागढी गाउँपालिकाको अध्यक्ष सन्तोष थापाका अनुसार गाउँमा किसानहरू व्यवसाय उन्मुख भएको र उनीहरूले उत्पादन गरेको कृषि उपज बजार सम्म पु¥याउनका लागि र सहज रूपमा आवतजावतका लागि पनि सडकलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नु परेको हो । पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सडकलाइ नै प्राथमिकता दिएर गाउँपालिकाले तीन करोड ६ लाख ३५ हजार रूपैयाँ विनियोजन गरेको जानकारी दिए  ।

बजेट तथा निती कार्यक्रम निर्माण, कार्यन्वयनका लागि पूर्ण अधिकार सहित सबै स्थानिय तहमा प्राविधीकहरूको व्यवस्था भएमा विगतमा कम बजेटले सडक निर्माण गर्दा रकम अपुग भएकोले यस पटक सबैको माग सडक निर्माण भएको रिब्दीकोट गाउँपालिकाको अध्यक्ष नारायण जि.सीले बताए । अध्यक्ष जि.सीका अनुसार गाउँपालिकाले सडकका लागि २ करोड भन्दा बढी रकम विनियोजन गरेको छ ।

जिल्लामा थोरैमा ५० हजार रूपैया देखि डेढ करोड रूपैया सम्मका एउटै सडक योजनाका लागि रकम विनियोजन गरेको सम्बद्ध गाउँपालिकाका प्राविधीकहरू बताउछन । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याल आफ्नो गाउँपालिकाले एक करोड भन्दा बढी रूपैयाँ सडकलाई विनियोजन गरेको उनले बताए । जिल्ला भित्रका तीन वटा मुख्य सडकहरू जिल्ला विकास समितीले निर्माण गरेर स्तर उन्नती गरी कालोपत्रे समेत गरिसकेको छ ।

यिनै तिन वटा सडकलाई गाउँबस्ती सम्म जोडिनका लागि स्थानिय तहले यस बर्ष ५० करोड भन्दा बढी रकम खर्चिएका छन । जिल्लाको सबै स्थानीय तह सम्म सडक सञ्जालले जोडिएको छ । पछिल्लो समयमा ट्रयाक खोलिएका सडकहरूमा बर्षायाम सुरु हुनासाथ सवारीका साधनहरू ठप्प हुने गर्दछन । तिनै सडकहरूमा बाह्रै महिना सवारीका साधन सञ्चालन गर्न सकिने गरी स्तर उन्नतीको पनि काम भएको रैनादेवी गाउँपालिका अध्यक्ष राम बहादुर कार्कीले बताए ।

यद्यपि विकासको लागि रकम खर्चिनु राम्रो भए पनि धेरैजसो सडक निर्माणको काम डोजरको प्रयोग गरी भएको छ भने कतिपय ठाउमा प्राविधिक नापजाँचलाई वेवास्ता गरि स्थानीयले आफूखुसी सडक निर्माण गरेको पनि देखिएको छ जसले गर्दा वातावरण विनास, भू–क्षयको संभावनका साथै घरवस्ती पनि जोखिममा परेका छन । सुरुमा सडक जसरी भए पनि लैजाने र पछिल्ला दिनमा त्यसको निरन्तरता र मर्मतका लागि रकम खर्चने प्रचलन पनि देखिएकाले यसलाई नियन्त्रण गर्न जरुरी रहेको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्